प्रवेशिका परिक्षा (एसएलसी) को परिक्षाफल प्रकाशित भएको छ । परिक्षा नियन्त्रण कार्यालय सानोठीमीका अनुसार यस वर्ष उर्तिण हुनेको सख्या २.४५ प्रतिशत वृद्धी भई ४३.९२ प्रतिशत पास भएका छन् ।
कार्यालयका अनुसार एसएलसीमा ३ लाख ९४ हजार ९ सय ३३ विद्यार्थीले परिक्षा दिएकोमा १ लाख ७३ हजार ४ सय ३६ जना उर्तिण भएका छन् ।
१८ हजार एक सय १० जना विद्यार्थी विशिष्ट श्रेणीमा उर्तिण भएका छन् । यसैगरी ८३ हजार ६ सय ३७ प्रथम श्रेणीमा, ६७ हजार ९ सय ४२ द्धितीय श्रेणीमा र ३१ हजार ७ सय ४७ तेस्रो श्रेणीमा पास भएका छन् ।
परिक्षा नियन्त्रण कार्यालयले यसवर्ष २ विषयमा उनुर्तिण भएका विद्यार्थीका लागि साउन २० गतेदेखि २७ गतेसम्म पुरक परिक्षा संचालन गर्ने जनाएको छ ।
एसएलसीको परिक्षाफल प्रकाशित, ४३.९२ % उर्तिण
२०७१ जेष्ठ ३०, शुक्रबार
प्रतिक्रिया