केन्द्रिय बैंक आर्थिक र वित्तियस्थिरतामा काम गर्दै आइरहेको छ । हालैका बर्षहरुमा केन्द्रिय बैंकले अग्रपंक्तिमा रही विश्वव्यापी झड्काहरु (ग्लोवल सक्स)लाई झेलेर अर्थव्यवस्था र वित्तिय प्रणालीको रक्षा गरेको छ । विश्वव्यापाी अशान्ति र अनिश्चितताको असाधारण अवस्थामा केन्द्रिय बैंकहरुले परिक्षा दिएका छन् ।
कोभिड १९ ले क्षतिग्रस्त बनाएको अर्थतन्त्रलाई रिभाईभ (पुर्नजिवित) गर्न उनीहरुले गियर परिवर्तन गर्नुपर्यो । केन्द्रिय बैंकहरुले मान्दै आएका सिद्धान्त र अभ्यासहरुमा बहस भयो । केही सिद्धान्त र अभ्यासहरु बाँचे अरुले बास्ताविकता स्वीकार्दै अगाडी बढेँ ।
अझै हामीहरु यस्ता अप्ठ्याराहरुसँग जुद्दैछौ जहाँ भू –राजनीति र विश्वव्यापी आर्थिक ध्रुवीकरणको दवाव रहेको छ । विगतका बर्षहरुमा केन्द्रिय बैंक कसरी अगाडी बढीरहेको छ भन्नेकुरा बुझ्न जरुरी छ । विगतका आर्थिक संकटबाट सिकेर २१ औ शताव्दीमा आइरहेको चुनौतिहरु सामनाको तयारी गर्नुपर्छ । त्यसैले मैले “२१ औ शताव्दीमा केन्द्रिय बैंक ः परिवर्तनशिल ढाँचा” विषय छनौट गरेको छु ।
२० औ शताव्दिको अन्त्यमा केन्द्रिय बैंकहरुको सिद्धान्त र अभ्यासहरु केही मुख्य सिद्धान्तमा केन्द्रित थियो । मुल्यस्थिरता केन्द्रिय बैंकको पहिलो जिम्वेवारी थियो । यो सिद्धान्त सन् १९७० को दशकमा भएको मुल्यबृद्धिको समयमा स्थापित भएको थियो । सन् १९९० को दशकको सुरुवातीेदेखि मुल्यस्थिरतालाई नै विशेष महत्व दिएर मौद्रिक नीति ल्याउने काम भयो ।
त्यस्तै दोस्रो भनेको विवेकपुर्ण नीति निर्माण हो । यो सन् १९७० मा डिभेड सूरु भएर सन् १९८० को दशकमा लागु गर्ने सहमति भयो । त्यस्तै तेस्रो भनेको केन्द्रिय बैंकको स्वतन्त्रता । जुन आर्थिक र मुल्यस्थिरताको लक्ष्य पुरा गर्न महत्वपुर्ण मानिएको थियो ।
२१ औ शताव्दीको विकसित संरचना
२१ औ शताव्दीमा विश्व अर्थतन्त्रले विश्वव्यापी वित्तिय संकट, महामारी, मुद्रास्फिर्ति र भु–राजनीतिक द्धन्द्ध जस्ता समस्याको सामना गरेको छ । त्यस्तै विश्वव्यापी वित्तिय संकटका कारण पोलीसी रेट (नीतिगत दर) शुन्यमा पुग्दा मुद्रा अवमुल्यनको अवस्थाबाट पनि गुज्रियो भने युक्रेन रसिया युद्धका कारण पोलिसि रेट ऐतिहासिक रुपमा बढ्दा मुल्यबृद्धिसँग पनि जुधेको छ ।
२१ औ शताव्दीले केन्द्रिय बैंकलाई महत्वपुर्ण पाठ सिकाएकोे छ । जसले २० औ शताव्दीमा स्थापित भएका संरचनालाई केही परिवर्तन गरेको छ । परिवर्तित संरचनामा नयाँ बुझाइहरु
वित्तिय स्थिरता र मुल्यस्थिरताविच तादम्यताः वित्तिय स्थिरता र मुल्य स्थिरताविच अन्तरसम्बन्ध छ यसलाई छुट्टै राखेर हेर्न बन्द गरिनुपर्छ । मुल्य र वित्तिय स्थायित्व दुई प्रकारले संचालन हुन्छन् । मुल्यस्थिरता र कममुल्यस्फिर्तिले नियमन र सुपरिवेक्षण गर्ने निकाय सन्तुष्ट भएर बसेका हुन्छन् । सन् २१९९० र २००० को पुर्वार्ध नै साक्षी छ । सो बेलामा कम मुद्रास्र्फिति र मुल्यस्थिरताका कारण केन्द्रिय बैंक संन्तुष्ट भएर बस्यो तर त्यसले वित्तिय अस्थिरता निक्त्यायो । त्यस्तै अर्को, मुल्यबृद्धि हुदा केन्द्रिय बैकले मौद्रिक नीति कडा ल्याउदा पनि वित्तिय स्थिरतालाई जोखिममा पार्यो । हामीले २०२३ मा नै देख्यौ । जहाँ विकसित अर्थतन्त्रका बैंकहरुले पनि एक्कासी तनावको सामना गर्नुपरेको थियो ।
समष्टिगत आर्थिक स्थायित्व कायमः विसौ शताव्दीमा केन्द्रिय बैंकको एक मात्र उदेश्य हुन्थ्यो मुल्यस्थिरता र त्यसलाई कायम गर्ने उपकरण भनेको छोटो अवधिको व्याजदर । तर अहिले केन्द्रिय बैंकको क्षेत्राधिकार समष्टिगत आर्थिक स्थायित्व कायम गर्नु हो। जहाँ मुल्य स्थिरता, दिगो विकास र वित्तिय स्थायित्व समावेश हुन्छन् ।
संचारको महत्व ः केन्द्रिय बैकको कामकाजमा संचारले पनि २१ औ शताव्दीको नीतिगत टुलको रुपमा प्रमूखता पाएको छ । पहिले केन्द्रिय बैंकको संचार रहस्यले ढाकेको हुनुपर्छ भन्नेमा विस्वास गरिन्थ्यो । उनीहरु जतिसक्दो कम र गुप्त रुपमा संचार गर्नुपर्छ भन्नेमा विश्वास गर्दथे । ति दिनहरु अव गए । अहिले प्रभावकारी संचार नै मौद्रिक नीतिको मुख्य उपकरण भएको छ । अहिले केन्द्रिय बैंक सोसल मिडिया, सार्वजनिक अन्र्तक्रिया, आधिकारिक भाषण, प्रेस रिलिजहरुबाट विश्वास जगाउन सफल भएका छन् । केन्द्रिय बैंकले लिएको मुद्रास्फिर्ति लक्षित नीति सफल पार्नका लागि स्पष्ट र प्रभावकारी संचार र पारदर्शिताले ठूलो भुमिका खेल्छ ।
मौद्रिक र वित्तियनीतिविचको तादम्यता ः हालैको अनुभवले पनि मौद्रिक र वित्तिय नीतिविच हुने तादम्यताले नै राम्रो आर्थिक परिणामहरु ल्याउछ भन्ने कुरामा जोड दिएको छ । केन्द्रिय बैंकले महामारीको समयमा सरकारसँग नजिकको सम्बन्ध राखेर अभुतपुर्वक संकटको सामाना गर्यो । जव दशकौपछिको उच्च मुद्रास्फिर्तिविरुद्ध केन्द्रिय बैंकहरु लडिरहेका थिए, तव सरकारले मुल्यबृद्धिको दवालाई कम गर्न सप्लाइ साइडमा कामहरु गर्यो जसले केन्द्रिय बैंकको उदेश्य पुरा हुन सहयोग गर्यो ।
उदियमान बजार अर्थतन्त्रको बढ्दो लचिलोपना
उल्लेखनीय के छ भने, पछिल्लो केही बर्षहरुमा २० औ शताव्दीका सवै उदियमान अर्थतन्त्रका चालकहरुको उपस्थिति देखिन्छ । तर उनीहरुले पहिलेबाट धेरै सिके र अहिले राम्रो काम गरिरहेका छन् ।
भारतको अनुभव
गएका केही बर्षहरुमा भारतीय अर्थतन्त्रलाई विभिन्न धक्काहरुबाट जोगाएका मात्र छैनौ थप मजवुत पनि बनाएका छौ । अहिले भारतीय अर्थतन्त्रमा धेरै सुधारहरु भएका छन् । जसरी अन्य केही केन्द्रिय बैंकहरु मौद्रिक नीतिको प्रयोग मार्फत मुल्यस्थिरतामा केन्द्रित छन् तर भारतीय रिजर्भ बैंकको दृष्टिकोण व्यापक छ । हामी मुल्यस्थिरतामा मात्र सिमित छैनौ, बैंक तथा वित्तिय संस्थाहरु, वित्तिय बजार र भुक्तानी प्रणालीहरुको नियमन र सुपरिवेक्षकको रुपमा वित्तिय स्थिरता कायम राख्ने जिम्वेवारी पनि हामीमा छ ।
लचिलो मुद्रास्फिर्ति लक्ष्यको ढाँचाले शशर्त मौद्रिक नीतिका उदेश्यहरुमध्ये मुल्य स्थिरताको प्राथमिकता स्थापित गरेको छ । यसले आर्थिक बृद्धिलाई ध्यानमा राख्दै मुल्यस्थिरतालाई मुख्य लक्ष्य बनाउनेकुरा परिभाषित गरेको छ ।
मुल्यस्थिरता वित्तिय स्थिरता र दिगो विकासको पुर्व शर्त हो । यो दृष्टिकोणका कारण आरवीआइलाई हालैका बर्षहरुमा देखा परेको बहुआयामिक चुनौतिहरुको प्रभावकारी ढंगले सामना गर्न र मुल्यस्थिरता, बृद्धि समर्थ र वित्तिय स्थिरता कायम राख्ने मुद्धाहरुलाई सम्बोधन गर्न मद्धत पर्याएको छ ।
२१औ शताव्दीमा केन्द्रिय बैंकहरुका चुनौति
जलवायु परिवर्तनः यो ठूलो मुद्धाको रुपमा देखिएको छ । समयमा नै यसको सम्बोधन नभएमा प्रणालीमा नै ठूलो समस्या देखा पर्न सक्छ । केही जलयावु तथा मौसम सम्बन्धी घटनाहरु जुन बारम्बार र तिव्र हुदै गइरहेको छ, यसले अचानक मुल्यमा दवाव सिर्जना गर्ने, पुर्वाधारमा क्षति गर्ने, आर्थिक नोक्सानी गराएर केन्द्रिय बैंकको मुख्य उदेश्यमा नै असर पुर्याउनेछ । त्यस्तै बैंकहरुको मात्र नभएर अन्य ऋणदाताहरुको व्यालेन्ससिटमा पनि असर पुर्याउने देखिएको छ । सरकार र केन्द्रिय बैंक अग्रभागमा रहेर जलवायु सम्बन्धी थप कामहरु गर्न आवश्यक देखिन्छ ।
अशान्त भू–राजनीति र भू–आर्थिक विखन्डन ः पछिल्ला केही बर्षहरुमा अशात भू– राजनीति र भू–आर्थक विखन्डनले व्यापार, प्रविधि र पुँजी प्रबाहमा ठूलो अवरोध खडाभएको देखिन्छ । यो अर्थतन्त्रका नयाँ धक्का हुनेछन् । यस्तो समयमा केन्द्रिय बैंकले शतर्क रहेर समयमा नै सुव्यवस्थित तरिकाले प्रतिक्रिया दिनुपर्छ ।
प्रविधिको प्रभाव ः प्रविधिले मानिसको सम्पुर्ण कुराहरुमा प्रभाव पारिरहेको छ । यसले वित्तिय क्षेत्रमा परिवर्तन ल्याइरहेको छ । पछिल्लो दशकमा परम्परागत बैकिङ क्षेत्रमा परिवर्तन ल्याएको छ । जस्तै कोभिड –१९ को समयमा भारत र अन्य केही देश जसले डिजिटल वित्तिय पुर्वाधारमा लगानी गरेका थिए, उनीहरुले लाभ उठाए । भारतलाई एक दशकभन्दा पनि कम समयमा यस्तो उपलव्धि हासिल गर्न सक्षम बनायो । डिजिटल वित्तिय पुर्वाधारको भविष्यमा ठूलो सम्भावना छ ।
फिनटेक नवप्रबर्तन ः यसले पनि नयाँ सम्भावनाहरुको ढोको खोल्दैछ । यो समयमा केन्द्रिय बैंकको चुनौति डिजिटल नवप्रवर्तनलाई अघि बढाउनमा हुन्छ । तर केन्द्रिय बैंकले डिजिटल ऋणदाताहरुको नियमन, निरिक्षण र उचित अभ्यास संहिताको पालना, डाटा सुरक्षा र गोपनियताका साथै तेस्रो पक्ष सेवाप्रदायकहरु जस्ता मुद्धाहरुको सामना गर्नुपर्छ ।
कृतिम बौद्धिकता ः केन्द्रिय बैंकको पाचौ चुनौति भनेको आर्टिफिसियल इन्टिेलिजेन्स (कृतिम बौद्धिकता) र यसको उपयोगसँग सम्बन्धीत छ । तर यसले डाटाको गोपनियता, अल्गोरिदमिक बायस (एआइले गर्ने काममा हुने वायस), भेदभाव,, साइवर सेक्युरेटी, र नैतिक मुद्धाहरुजस्ता चुनौति हुन्छ । यी चुनौतिको सामनाका लागि केन्द्रिय बैंक र अन्य प्लेयरहरुले क्षमता अभिवृद्धि गर्नुपर्छ ।
केन्द्रिय बैंक २१ औ शाताव्दीका लागि आउने यस्ता चुनौतिहरुको सामना गर्न तयार हुनुपर्छ । जलवायु पविर्तन र भ–ूराजनीतिले सप्लाईमा समस्या उत्पन्न गराइ इन्धनको मुल्यबृद्धिमा दवाव दिएर विश्वको विकास, व्यापार,इनोभेसन जस्ता कुराहरुलाई स्लोडाउन गराउ सक्छ । यदी राम्रोसँग निगरानी र सही तवरले च्यानलाईज्ड भएमा भने उत्पादन र लागत कम गर्नमा सहयोग हुन्छ ।
निष्कर्ष
२१ औ शताव्दीमा केन्द्रिय बैंकहरुले आफूलाई समयानुकुल पुनः परिभाषित गर्नुपर्ने अवस्था छ । हरेक संकटलले नयाँ पाठ सिकाएको छ भने अर्थतन्त्र थप मजवुत पनि बनाएको छ । जस्तै सन् १९३० को संकटले वित्तिय र माग व्यवस्पथापनको महत्व बुझायो, सन् १९७० को मुद्रास्फिर्तिले नीतिगत ढाँचामा विश्वसनियता र स्थिरतालाई प्राथमिकता दिनुपर्ने कुरा सिकायो ।
त्यस्तै सन् २००८ को वित्तिय संकटले वित्तिय स्थिरतालाई बृहत आर्थिक स्थिरताबाट अलग गर्न सकिदैन भनेर सिकायो भने गत महामारीले रुढीवादी सोचबाट ग्रसित नबनीकन नीति निमाताले सक्रिय रुपमा नयाँ र विवेकपुर्ण तवरले नीतिगत प्रतिक्रिया दिनुपर्छ भन्ने सिकायो ।
केन्द्रिय बैंकले भविष्यका जोखिमहरुको अनुमान गर्नुपर्छ र त्यसलाई रोक्न वा कम गर्न उपयुक्त सावधानी अपनाउनुपर्छ । केन्द्रिय बैंकहरुले आफ्ना वित्तिय प्रणाली र अर्थतन्त्रलाई २१ औ शताव्दीका उदीयमान चुनौति तथा संकटहरुबाट जोगाउन अग्रणी भुमिका निर्वाह गर्न सक्छन् भन्ने विश्वास छ ।
(प्रथम गभर्नर हिमालय शमसेर राणाको स्मृतिमा नेपाल राष्ट्र बैंकद्धारा काठमाडौमा आयोजित कार्यक्रममा रिजर्भ बैंक अफ इन्डियाका गभर्नर शक्तिकान्त दासको मन्तव्यको संपादित अंश)
प्रतिक्रिया