वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यस्तो छ साकोसहरुको दोस्रो शिखर गोष्ठीले जारी गरेको घोषणापत्र

अर्थटुडे
२०७१ माघ २६, सोमबार

“एकीकृत साकोस प्रणाली तर्फ : आज र पछि पनि …”
SACCOS Summit 2015- Theme Nepaliनेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा २०७१ माघ २३ र २४ गते होटेल हायत काठमाण्डौंमा आयोजित यस दोश्रो साकोस शिखर गोष्ठीमा प्रस्तुत विषयहरुमा भएको गहन छलफलबाट नेपालको साकोस अभियानलाई सशक्त, एकिकृत र गुणात्मक बनाउनमा महत्वपूर्ण योगदान पुग्ने कुरामा विश्वस्त हुँदै संस्थाको मूल उद्देश्य अनुरुप आप्mना सदस्यहरुलाई वचत परिचालन मार्फत वित्तीय गन्तव्यमा पु¥याउन तथा जीवनस्तर उकास्न जागरण, प्रवद्र्धन, सम्वद्र्धन र सुदृढीकरण गर्न एक आपसमा मिलेर अघि बढ्दै हामी सहभागी अभियन्ताहरु साकोसमार्पmत गरीवी न्यूनीकरण, सामाजिक एकता एवम् सद्भाव र स्वरोजगारी सिर्जना गरी समृद्ध, स्वावलम्वी र आत्मनिर्भर मुलुक निर्माणका लागि उच्च संकल्प र प्रतिवद्धतासहित यो ११ सुत्रीय साझा घोषणापत्र जारी गर्दछौं ।

  1. वचत तथा ऋण सहकारी सञ्चालनमा वित्तीय व्यवस्थापन, वस्तु तथा सेवाको विविधीकरण, रणनीति एवम् व्यावसायिक योजना र मानव संशाधन व्यवस्थापन लगायत आधारभूत नीति तथा कार्यविधिहरुको निर्माण तथा अवलम्वनमार्फत साकोस सञ्चालनलाई व्यवसायिकीकरण गरी समुदायमा उत्कृष्ट सेवा प्रदायकको रुपमा साकोसलाई अगाडि बढाउन प्रतिवद्ध छौंं ।
  2. समुदायमा पिछडिएका, गरिव तथा विपन्न वर्गलाई वचत तथा ऋण सहकारी मार्फत विशेषतः युवा तथा महिला लक्षित लघुवित्त एवम् कृषि वित्त कार्यक्रम प्रवर्धन गरी प्रत्यक्ष रोजगारी सृजना हुने कार्यक्रम सञ्चालन गर्ने छौं ।
  3. वचत तथा ऋण सहकारी अभियानलाई समुदायमा आधारित, सदस्य केन्द्रित, अनुशासित एवम् मर्यादित रुपमा सञ्चालन गर्नको लागि नेफ्स्कूनको अगुवाईमा एकीकृत साकोस प्रणालीलाई अवलम्वन गर्न हामी प्रतिवद्ध छौं ।
  4. वचत तथा ऋण सहकारीमा रणनीतिक योजनाको अभ्यास, गुणस्तरबृद्धि र स्तरीकरणका लागि जोखिममा आधारित सुपरिवेक्षण, प्रोवेसन (राष्ट्रिय मापदण्ड) र एक्सेस (अन्तर्राष्ट्रिय मापदण्ड) ब्राण्डिङ्ग कार्यक्रमलाई चरणबद्ध रुपमा अगाडि बढाउन हामी प्रतिवद्ध छौं ।
  5. एकिकरण प्रवद्र्धनमार्पmत् वचत तथा ऋण सहकारीहरुका सदस्यहरुलाई गुणस्तरीय र प्रभावकारी सेवाहरुको सुनिश्चितता गरी स्वस्थ, सुरक्षित र सक्षम साकोसको निर्माण गर्न प्रतिवद्ध छौं ।
  6. वचत तथा ऋण सहकारीहरुमा लोकतन्त्र र सुशासनको अभ्यास सुनिश्चित गर्न नीतिहरु एवं कार्यविधिहरुको विकास गरी आन्तरिक नियन्त्रण प्रणालिलाई सुदृढ पार्न प्रतिवद्ध छौं ।
  7. वचत तथा ऋण सहकारीहरुमा उच्च प्रविधिको प्रयोग गरी मासिक रुपमा पल्र्स लगायत वित्तीय अुनगमन प्रणाली अभ्यासको लागि संयन्त्र निर्माण गरी जोखिमको पहिचान र तत्काल न्यूनिकरण गर्न प्रतिवद्ध छौं ।
  8. नेप्mस्कूनले प्रबद्र्धन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका मापदण्डहरुको परिपालना गरी एकिकृत साकोस प्रणाली अनुरुप संस्था सञ्चालन गर्न हामी मञ्जुर छौं ।
  9. वचत तथा ऋण सहकारी संस्थाहरुलाई दीगो, सक्षम र मर्यादित बनाउन नविनतम प्रविधिको प्रयोग र असल अभ्यासको अवलम्बन गर्न सरोकारवाला निकायहरु सँग सापेक्षित समन्वयलाई जोड दिनेछौं ।
  10. मुलुकको सहकारी क्षेत्रमा क्रियाशिल संख्याको आधा, कारोवार र प्रभावको हिसावले दुई तिहाईभन्दा बढी योगदान गरिरहेको वचत तथा ऋण सहकारी क्षेत्रले हासिल गरेका उपलव्धिहरुलाई संस्थागत गरी विद्यमान जोखिम र चुनौतिहरुको व्यवस्थापनमार्पmत साकोस अभियानलाई सुशासित, एकिकृत र गुणस्तरयुक्त बनाउन प्रतिबद्ध छौं ।
  11. छुटटै वचत तथा ऋण सहकारी ऐन नियमावली जारी गरी लागू गर्न राज्य र सम्वद्ध निकायसंग पहलकदमीका लागि हातेमालो गर्दै अगाडि बढ्न प्रतिबद्ध छौ ।

नेप्mस्कूनद्वारा आयोजित यस दोश्रो साकोस शिखर गोष्ठी २०७१ का सम्पूर्ण सहभागीहरु माथि उल्लेखित बूँदाहरुलाई सामुहिक प्रतिबद्धताका रुपमा मनन् गर्दै यो घोषणा पत्र जारी गर्दछौं ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ