वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हेलो सरकारलाई खुलापत्र : विमानस्थलको ज्यादती कहिलेसम्म ?

अर्थटुडे
२०७१ असार १६, सोमबार

-विकास शाही 

bikas sashiहेलो सरकार नमस्कार,
म पर्यटन सम्बन्धि व्यवशायमा संलग्न साधारण व्यवशायी हुँ। समय समयमा वेदेशी पाहुनाहरुलाई एयरपोर्टमा लिन र पुर्या‍उन जाँदा एयरपोर्टमा हुने बोक्रर र ट्याक्सी ड्राईभरहरुको ज्यादतीको बारेमा केही जानकारि गराउने उद्देश्यले यो ईमेल लेख्दै छु ।

हालसालैको एक आईतबार बिहान टर्किश एयर हुँदै आयरल्याण्ड बाट नेपाल आउन लागेका पाहुनाको स्वागतमा एयरपोर्ट गएको थिएँ  । बिहानै देखी हुलका हुल दलालहरु जो आनावश्यक रुपमा यात्रुको झोला उठाएर फरक-फरक ट्याक्सीमा लिएर जान्छन् र त्यती गरेबापत प्रत्येक बिदेशी सँग १० देखी ५० डलर सम्म माग्छन्।

यो त भयो एउटा पाटो, अब ट्यासिवालाहरुको लुट्ने पालो पहिलो कुरा त नेपालको ट्याक्सीहरु कहिले पनी मिटरमा चल्दैनन् त्यो त ट्राफिकलाई देखाउने  दाँत मात्र हो । त्यसमाथी एयरपोर्टको ट्याक्सी, मिटरमा जाने त आसै नगरौ, अब बार्गेनिङ चल्छ।

ठमेल सम्म आउँदा मिटरमा हो भने मुस्किलले १८० उठ्ने बाटोमा बार्गेनिङ चल्छ १२०० बाट। पहिलो चोटी एक्लै नेपाल आउने पर्यटकले के सोचोस, बिचरा १२०० तिर्नु पर्छ। दलाल त बिदेशतिर पनि हुँदा रैछन तर उनिहरु अनुमतिविना कहिलेपनी मान्छे र समान छुदोरहेनछन् । तर, हाम्रोमा लुटेरालेझै एउटा ब्याग एउटा ट्याक्सी तिर अर्को अर्कै ट्याक्सी तिर लगेर हैरान पार्दा रहेछन्।

व्यवस्थापनको  यो कन्तबिजोग केही हल गर्न सक्नु हुन्छ कि र यो तपाईहरुको दायित्व क्षेत्र अन्तर्गत पर्छ कि भनेर यो लेख्ने जमर्को गरेको छु। बाकी सुधारको काम तपाईहरुकै मर्जी ।

(पर्यटन व्यवसायी शाहीले हेल्लो सरकारलाई लेखेको इमेल उनको फेसबुकबाट साभार गरिएको हो ।) 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ