वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यस्तो छ पौने ३ अर्ब लगानीमा बनेको ‘लेमन ट्रि प्रिमियर’

अर्थटुडे
२०८१ भाद्र ३०, आईतवार

काठमाडौं । राजधानीको बूढानिलकण्ठमा २ अर्ब ७० करोड रुपैयाँ लगानीमा बनेको ‘लेमन ट्रि प्रिमियर’ होटल पूर्ण सञ्चालनमा आएको छ । बुढानीलकण्ठ हेरिटेज लिमिटेडले ‘लेमन ट्रि प्रिमियर’ को चेन होटेका रुपमा नेपाल लगानी गरेको हो ।

विशेष डिजाइन र सजावटले भरिपूर्ण होटलले पाहुनाहरूलाई एक उत्कृष्ट सुविधाका साथै अनुपम सेवाहरू प्रदान गर्ने जनाइएको छ । उपत्यकाको सुन्दर दृश्यका साथै शिवपुरी राष्ट्रिय निकुञ्जको हरियाली दृष्य, स्मार्ट डिजाइनहरू आकर्षक ढङ्गले तयार पारिएको खाटसहितको फराकिलो लबी होटलमा समावेश छ । होटल शिवपुरी राष्ट्रिय निकुञ्ज नजिक भएकाले हाइकिङ जानेका लागि पनि सहज हुने छ ।

युवा उद्यमीहरुले सञ्चालनमा ल्याएको होटलको अध्यक्ष डा. राजेन्द्र केसी, प्रबन्ध सञ्चालकमा बाबुकाजी कार्की र होटलका सञ्चालकमा अम्बिका पौडेल, हरिप्रसाद पाठक, दीपक पाण्डे, नवराज बुर्लाकोटी, दीपेन्द्र श्रेष्ठ, जनक भट्ट र जलेश्वर पाण्डे रहेका छन् ।

भारतको दोस्रो ठूलो र अत्यन्तै रुचाइएको लेमन ट्रिले होटल व्यवस्थापनको जिम्मा लिएको होटलमा १ सय २ कोठा क्षमताको होटलमा डिलक्स, एजुकेटिभ स्वीट, प्रेसिडेन्सियल स्वीट, एक्ज्युकेटिभ रूम, प्रिमियर रुम, क्लब रुम रहेका छन् । होटलमा स्पा, साउना, ज्याकुजी, स्टिम साउना, इन्फिनिटी पुल लगायतको सुविधा रहेको छ । यस्तै होटलमा बैठकका लागि पाँच वैठक कक्ष छन् । जसमा २५ देखि ३० जनाको क्षमता छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ