वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारको बढ्याई, एक्कासी कसरी भए नेप्सेको सिइओ परिवर्तन ?

अर्थटुडे
२०८१ चैत्र १९, मंगलवार

काठमाडौ । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रातारात परिवर्तन भएका छन्। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सिइओमा चुडामणि चापागाईं नियुक्त गरेको हो । यसअघि अघिल्लो सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नारदकुमार लुइटेललाई सिइओ नियुक्त गरेको थियो । उनी बैंकिङ क्षेत्रमा कार्यरत रहेका थिए । हाल उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुन् ।

सरकारले लुइँटेललाई नियुक्त गरिए उनलाई पत्र नै नदिईकन चापागाईँलाई पुन नियुक्त दिएको हो । नेप्सेका सीइओको कृष्णप्रसाद कार्कीको कार्यकाल माघ २४ गतेसकिएसँगै सीईओ पद रिक्त रहेको थियो। चापागाईले मंगलबार नियुक्तीपत्र बुझेका छन् । उनले अर्थसचिव दिनेश घिमिरेमार्फत सिइओको पत्र बुझेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ