सिन्धुपाल्चोक । भोटेकोशी नदीमा संचालन भइरहेका साहासिक खेलहरुका आन्तरिक तथा बाह् पर्यटकका लागि लोकप्रिय बन्न थालेको छ । राजधानी काठमाडौंबाट नजिक र पर्याप्त मात्रामा पर्यटकिय पूर्वाधारहरुको निर्माण भएकाले भोटेकोशीले ध्यान खिचेको हो ।
सिन्धुपाल्चोक, १३ जेठ( ८ करोडको लगानीमा स्थापित ‘द लास्ट रिसोर्ट’ले बन्जी, स्वीङ, ¥याफ्टिङ र क्यानोनिङ जस्ता साहसिक खेलहरू सञ्चालनमा ल्याएछि मार्मिङ र लिस्ती गाविसमात्र होइन सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानीको पूरै क्षत्र पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ ।
०५८ सालमा नेपाली नागरिक विष्णु न्यौपाने, हल्यान्डका नागरिक सामभोल्स्क, न्युजिल्यान्ड नागरिक डेभिट एलडाइज र अस्ट्रेलियन नागरिक प्याट्रिक ओफिएरले बन्जीको अवधारणा ल्याएर भोटकेसीमाथि बन्जी खेल खेल्नका लागि ६५ लाखमा झोलुंगे पुल निर्माण गरी १ सय ६६ मिटर अग्लो बन्जीको चाँजोपाँजो मिलाएका छन् । १७ रोपनी जग्गामा फैलिएको ‘द लास्ट रिसोर्ट’मा साहसिक खेलहरू खेलाउन, व्यवस्थापन गर्न, पर्यटकहरूसँग सम्पर्क बढाउन र गाइड गर्नका लागि ७२ जना कर्मचारी खटिरहेको रिसोर्ट म्यानेजर प्रकाश प्रधान बताउँछन् ।
खासगरी साहसिक खेलहरू खेल्न र मनोरञ्जन गर्नका लागि अमेरिका, क्यानाडा, फ्रान्स, इजरायल, भारत, चीन र युरोपियन मुलुकका नागरिक बढी आउने रिसोर्टले बताएको छ ।
राजधानीबाट १ सय ४ किलोमिटर दूरी पार गरेपछि मात्र साहसिक तर रोमाञ्चक खेलको अनुभव गर्न पाइनेछ ।
साहसिक खेल बन्जी अन्य खेल खेल्न र अनि घुम्नका लागि दैनिक १७\१८ जना विदेशी र ५\७ जना स्वदेशी पर्यटक आउने गरेका छन् ।
प्रतिक्रिया