वि.सं. २०८१ माघ ५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जंगल एड्भाञ्चर वल्र्डले ल्यायो दशैतिहार अफर, पाँच हजारमा सौराहा घुम्ने प्याकेज

अर्थटुडे
२०७२ आश्विन २८, बिहीबार

काठमाडौ । भूकम्प र त्यसपछिका राजनीतिक अस्थिरताले पर्यटन क्षेत्रमा एक पछिअर्काे सुस्तता भईरहेको बेला पर्यटन व्यवसायीले भने यो क्षेत्रलाई उकास्ने नयाँ प्याकेज ल्याउन थालेका छन् । यस्तैमा चितवन सौराहामा पुरानो जेएडब्लु उपनामले प्रसिद्धि कमाएको होटल जंगल एड्भाञ्चर वल्र्डले “दशैतिहार फेस्टिबल अफर–२०७२” योजना ल्याएको छ । नेपालकै केन्द्रभागमा पर्ने चितवन सौराहा र त्यहाँको मनोरम दृष्यको अवलोकनसँगै विशेष छुटका साथ आन्तरिक पर्यटकलाई लक्षित गर्दै होटलले उक्त योजना ल्याएको हो ।

hotel
दशैतिहार योजना अनुसार ४ हजार ९ सय ९९ रुपैंयामा दुई रात\तीन दिन सौराहामा बस्न र घुम्न सकिने होटलका सेल्स एण्ड मार्केटिङ म्यानेजर मदन भण्डारीले जानकारी दिए । उनका अनुसार उक्त प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेकफास्ट सहित जंगल सफारीको मज्जा लिन पाउनेछन् । आन्तरिक पर्यटकलाई लक्षित प्याकेज कार्यक्रममा सौराहामा हात्ती सफारी, डुंगा सयर, हाती प्रजनन केन्द्रको अवलोकन, सूर्यास्तको अवलोकन, थारु संस्कृति र थारु गाउँ अवलोकन गर्न पाउने होटलका म्यानेजर देवहरि नेपालले बताए । उनले भने ‘ भुकम्पपछि थलिएको पर्यटनलाई गतिशिलता प्रदान गर्न यो समयमा आन्तरिक पर्यटकलाई लक्षित गरी दशैतिहार योजना ल्याएका हौं, सौराहामा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न यसले महत्वपूर्ण यागदान गर्ने हाम्रो विश्वास रहेको छ । उक्त योजना असोज १ देखि कार्तिक मसान्त सम्म लागु हुने होटल व्यवस्थापनले जनाएको छ ।

त्यस्तै अर्काे प्याकेज अन्तर्गत २ हजार ९ सय ९९ मा १ रात\दुइ दिन ब्रेकफाष्ट,लञ्च, डिनर, हात्ती सफारी,थारु कल्चरको अवलोकन,बर्ड वाचिङ, सूर्यास्तको अवलोकनका साथ घुम्न सकिनेछ । वातावरणमैत्री कोठा, रेष्टुरेन्ट र वाइफाई सुविधासहित यी सबै गतिविधिमा सहभागी हुनसक्ने सेल्स एण्ड मार्केटिङ म्यानेजर भण्डारीले बताए ।

७ करोड रुपैंयाको संयुक्त लगानीमा चितवनका होटल व्यवसायीहरुको नयाँ व्यवस्थापन समूहले १ वर्ष अगाडिदेखि उक्त होटल संचालनमा ल्याएको छ । १ बिगाहा क्षेत्रफलमा फैलिएको राप्ती किनारमा अवस्थित उक्त होटेलमा २६ वटा छुट्टाछुट्टै कटेज रहेका छन् भने १ सय जना अट्नसक्ने कन्फरेन्स हल रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ