सलाम एयरको काठमाडौं—ओमान उडान सुरु

865

काठमाडौं । ओमानको बजेट एयरलाइन्स सलाम एयरले नेपालमा उडान सुरु गरेको छ । आइएमई समूहअन्तर्गतको आइएमई ट्राभलले सलाम एयरको जनरल सर्भिस एजेन्ट (जीएसए) लिएसँगै सलामले नेपालमा साताको चार उडान सुरु गर्न लागेको हो ।

मंगलबार सलाम एयर नेपाल अवतरण गरेपछि पत्रकार सम्मेलनमा बोल्दै आइएमई गु्रपका अध्यक्ष चन्द्र ढकालले भिजिट नेपाल २०२० लाई सहयोग पु¥याउन र धेरैभन्दा धेरै पर्यटक भित्र्याउनकै लागि आईएमईले सलाम एयरको जिएसए लिएको बताए । विदेशमा रहेका नेपालीहरू आईएमई मनी ट्रान्सफरमार्फत सस्तोमा नेपालमा पैसा पठाएपछि नेपालीलाई सस्तोमा अन्तराष्ट्रिय उडान गराउनकै लागि बजेट एयरलाइन्स भित्र्याएको ढकालले बताए ।

सलामले नेपालमा मंगलबार, बिहीबार, शुक्रबार र आइतबार उडान भर्ने छ । नेपालबाट ओमान हुँदै कतार जाने नेपालीका लागि सलाम एयर अझ सहज हुने कम्पनीले जनाएको छ ।