अदालतको स्टे अर्डरले सुशासन कायमगर्न अप्ठेरो: पर्यटनमन्त्री अधिकारी

937

काठमाडौ । संस्कृतिपर्यटन तथानागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले अदालतको स्टे अर्डरकाकारण सुशासनमा अप्ठेरो परेको बताएका छन् ।

राजधानीमा नेपाल स्वतन्त्रहोटल, क्यासिनो रेष्टुरेन्ट मजदुर यूनियन(नेस्वहोमयू) को ३८ औं स्थापनादिवसको उद्घाटन गर्दै उनले भने, ‘यहाँ दूर्भाग्यपूर्ण अवस्था छ । बीच–बीचमा एउटा स्टे अर्डर ल्याएर क्यासिनो चलाइदिएको हुन्छ । दुई ठाउँमा मेरो मन्त्रालयको जटिल अवस्था छ ।

एयरपोर्टको पसल हटाउने भनियो तर त्यहि स्टे अर्डर लिएर आईदिन्छन्,अर्काे क्यासिनोमा । म अदालतको सम्मानगर्दै भन्न चाहन्छ, यस्ता खालको स्टे अर्डरले क्यासिनो र एयरपोर्टमा सुशासन कायमगर्न अप्ठ्यारो भएको छ । हामी सुशासन चाहन्छौं । गलत तरिकाको स्टे अर्डर आउने काम नहोस् । ’

कानून नभएकाले पनि यो समस्या देखा परेको भन्दै उनले क्यासिनो लगायत पर्यटन क्षेत्रलाई समेट्ने नयाँ संघीय पर्यटन ऐन–२०७५ जारी गर्ने तयारीमा सरकार रहेको बताए । उनले अबको तीन/चार महिनामा संसदले त्यो कानून ल्याउने र पर्यटन क्षेत्रका तमाम समस्या समाधानगर्न सहज हुने उनको विश्वास थियो ।

‘२०३५ सालको पर्यटन कानून ८० प्रतिशत संशोधनको खाँचो देखिएपछि अहिले ऐनको मस्यौदा भईरहेको छ ।आउँदो संसदबाट पाश गछौं, जसले क्यासिनो होटल लगायतपर्यटन क्षेत्रका सबै क्षेत्र स्वतः कानूनद्धारा व्यवस्थित हुनेछन्, त्यतिबेला स्टे अर्डरको कामहुने छैन ।’ उनले भने ।

उनले नेपालमा पर्यटनबाट जिडीपीको योगदान १० प्रतिशतसम्म पुर्याउनेबारे आफूहरुले सोचिरहेको पनि बताए ।
मजदुरको हकहितकालागि कुनै कसरबाँकी नराख्ने भन्दै उनले रोयल्टी नतिर्ने क्यासिनो नविकरण नगरिने बताए । उनले भने, ‘सिमाक्षेत्रका केही महत्वपूर्ण ठाउँमा क्यासिनोको बढी सम्भावना रहेको त्यसलाई क्यासिनो हबको रुपमा विकास गर्नुपर्दछ । नगरी पर्यटनको योगदान सोचेजस्तो हुँदैन । पुरातन सोचेर हुँदैन । ’उनले अन्य पर्यटकीय प्रोडक्टको विकास गरिने पनि बताए ।

कार्यक्रममा होटल संघ नेपाल हानका अध्यक्ष अमरमान शाक्यले मजदुरको दक्षताविकास गरी पर्यटनको विकासमा लाग्न आफूहरु दत्तचित्त रहेको बताएका थिए । त्यस्तै नेस्वहोमयूका अध्यक्ष सूर्यबहादुर कुँबरले होटल, क्यासिनो तथा रेष्टुरेन्ट क्षेत्रका मजदुरको समस्याका सन्दर्भमा पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा सहभागी अन्यमजदूरले क्यासिनो तथा मनोरञ्जन क्षेत्रमा सञ्चालकले विभिन्न बहानामाज्यादति गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

कार्यक्रममा अग्रज ट्रेड युनियनकर्मी र व्यवसायीलाई सम्मान गरिएको थियो । गतवर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क प्राप्तगर्ने युनियन आबद्ध मजदूरका तीन सन्ततिलाई ‘स्व. माधवन्यौपाने स्मृति छात्रवृत्ति’ समेत प्रदानगरिएको थियो । यसैगरी सर्वोत्कृष्ट ट्रेड यूनियन पुरस्कार होटल अन्नपूर्ण दरबारमार्गमा क्रियाशील आधिकारिक ट्रेड यूनियनलाई प्रदान गरिएको थियो ।