मेरो कार्यकाल नमुनाको रुपमा स्थापित गर्ने छु

2775

रमेशप्रसाद पोखरेल

आकांक्षी, उपाध्यक्ष राष्ट्रिय सहकारी महासंघ

रमेशप्रसाद पोखरेल सहकारी क्षेत्रमा कुनै नौलो नाम होइन । राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका पोखरेल २०५२ सालदेखि सहकारी क्षेत्रमा सक्रिय रहेका छन् । राष्ट्रिय सहकारी बैंकको स्थापनाको लागि २०५९ सालदेखि नै सक्रिय भुमिका खेलेका पोखरेलले सहकारी बैंकको दुई कार्यकाल अध्यक्ष भए । त्यस्तै एक कार्यकाल राष्ट्रिय सहकारी महासंघको सक्रिय सन्चालक भइसकेका पोखरेल हाल सहकारीहरुको छाता संगठन राष्ट्रि सहकारी महासंघका उपाध्यक्षका बलियो दावेदार हुन् । उनी राष्ट्रिय सहकारी विकास बोर्डको समेत सन्चालक भइसकेका छन् भने विभिन्न सहकारीका आयोगहरुमा मनोनित भइ काम गरिसकेका छन् । वर्तमान सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालको अत्यन्त निकट मानिने पोखरेललाई उपाध्यक्षको लागि सहकारी बैंक, नेफस्कुन, कृषि केन्द्रिय संघ लगायतको पुर्ण सहयोग छ, भने विभिन्न राजनीतिक दल निकट सहकारीकर्मीहरु पनि खुलेर पोखरेललको पक्षमा देखिएका छन् । राष्ट्रिय सहकारी महासंघमा उपाध्यक्ष पदको उमेदवारी के का लागि? सहकारी महासंघको उपाध्यक्ष भएपछि के कस्ता कामहरु गर्नुहुन्छ ? लगायतका प्रश्न हामीले उनलाई राखेका थियौ । उनीसँगको अन्तवार्ताको संपादित अंशः


तपाई राष्ट्रिय सहकारी महासंघमा उपाध्यक्षको उमेदवारी दिदै हुनुहुन्छ तपाईको उमेदवारी केका लागि ?

संविधानमा रहेको तीनखव्बे अर्थनीतिलाई सार्थक तुल्याउनका लागि मेरो उमेदवारी हो । सहकारी क्षेत्रमा भएको यो उपलव्धीलाई संस्थागत गरी व्यवासयिकीकरण गर्ने र बास्ताविक सहकारीलाई उत्पादनसँग जोड्नका लागि मेरो उमेदवारी महासंघको उपाध्यक्ष पदमा हो ।
उपाध्यक्षमा तपाई नै आउनुहुन्छ भन्ने आधार के के छन् ?
मैले लामो समय सहकारी क्षेत्रमा विताएँ । करिव १५ बर्ष राष्ट्रिय सहकारी बैंकलाई नेतृत्व गरेर सफल बनाएर छोडे । पाँच बर्ष राष्ट्रिय सहकारी महासंघमा सक्रिय सन्चालक भएर काम गरेँ । जसले गर्दा मलाई सहकारी अभियानको कमी कमजोरी र यसले उठाउनु पर्ने विषयमा राम्रो ज्ञान भयो । मैले यसअवधिमा विभिन्न देशको सहकारी अभियान,सहकारी क्षेत्रको कामबारे अध्ययन गर्ने मौका पाएँ जसले मलाइ नेपालको अभियानको कमजोरी पाटो र राम्रो पाटोको बारेमा विष्लेषण गर्ने र नयाँ कार्ययोजना बनाएर कमजोरी सुधार्दै सहकारी अभियानलाई थप शसक्तिकरण गर्नका लागि पथप्रथदर्शकको बन्यो । म उपाध्यक्ष भएपछि एउटा सक्रिय सहकारी अभियानको कल्पना गरेको छु । जसले सहकारी क्षेत्रका समस्यालाई समाधान गर्न सम्बन्धीत निकायसँग अडाीग भएर आफ्ना कुराहरु कार्यान्वयन गराउन सकोस् । उनीहरुसँग वार्ताको टेवुलमा बसेर आफ्ना समस्या समाधानका लागि सम्बन्धीत निकायलाई बाध्य बनाओस् ।
अर्कोतर्फ यतिलामो समय सहकारी क्षेत्रमा लागेकोले मेरो अडान, मेरो विचार मेरो काम प्रतिको लगावप्रति सम्पुर्ण सहकारीकर्मीहरु परिचित हुनुहुन्छ । जसले गर्दा मलाई उपाध्यक्षको लागि समस्या हुदैन । उहाँहरुले मलाई निर्विरोध चयन गर्नुहुनेछ । त्यस्तै म महासंघमा रहेको खण्डमा हालका अध्यक्ष केशवप्रसाद बडालको अनुभवलाई पुर्ण रुपमा सदुपयोग गर्न सक्छौ । यसका लागि हामीलाई उहाँले साथ दिनुहुनेछ ।
सहकारी क्षेत्रको विकृतिहरु पनि बाहिर आइरहेका छन् जसले सहकारी क्षेत्रको इमेज नकारात्मक भएको छ । सहकारी क्षेत्रको सकारात्मक इमेज विल्ड गर्नका लागि तपाईको भुमिका के हुन्छ ?
सहकारी क्षेत्रमा करिव २५ बर्ष विताएको व्यक्ति म । विभिन्न देशका सहकारीहरुको अभ्यासहरुलाई नजिकैबाट नियाल्ने मौका पाएको छु मैले । विगतमा जुन तवरको सहकारीप्रति नकारात्मक छाप थियो त्यो अहिले कम भएको छ । खासगरी उत्पादन र व्यवसायिकीकरणमा सहकारी क्षेत्र लाग्ने वित्तिकै यस क्षेत्रप्रतिको नकारात्मक छाप हट्ने छ । मेरो उमेदवारी पनि विभिन्न देशको सहकारीका राम्रा पक्षलाई आफ्नो देशमा भित्र्याउन र देखिएका समस्याको दीर्घकालिन समाधानको लागि काम गर्ने हेतुले हो । यसका लागि अहिले भइरहेका नीति नियमहरु परिवर्तन गर्न परेपनि गरेर काम गर्ने सोचका साथ मैले यसमा उमेदवारी घोषणा गरेको हुँ । यो चारबर्षको समयमा नमुना कार्यकालको रुपमा स्थापित गर्ने प्रयास गर्नेछु ।
पछिल्लो समयमा सहकारी क्षेत्रमा व्याजदर कायम भएको छ, जसमा महासंघले पनि सहमति गरेको थियो यहीकारण सहकारी क्षेत्रले महासंप्रति नकारात्मक धारणा बनाइरहेका छन् यसलाई कसरी ह्यान्डल गर्नुहुन्छ ?
अभियानले गर्र्ने काम हो । समयसापेक्ष देखिएका समस्याहरुलाई समाधान गदै र सोही अनसारको निर्णयहरु गर्दै अगाडी बढ्ने छौ । सहकारी महासंघ र संघ संस्थाविच सेतुको काम गर्ने र उनीहरुको समस्याको उठान र निदानको लागि अहोरात्र खटेर काम गर्नेछु । संघ संस्थाहरुकै सुझाव र सल्लाह लिएर काम गर्ने हुदा मेरो कार्यकाल विवाद रहित बनाउने छु ।
सहकारी क्षेत्रमा काम गर्न ४७ वटा ऐनहरु बाधक रहेको भनिएको छ यसलाई फुकाउन तपाई उपाध्यक्ष भएमा कसरी अगाडी बढ्नुहुन्छ ?
संविधानमा तीनखव्वे अर्थनीति भनेर लेखिएको छ तर सो लेखिएपनि सहकारी ऐनसँग बाझिनेगरी अन्य ऐनहरु आए जसका कारण हामीले उत्पादनसँग प्रत्यक्षसँग जोडिन सकेका छैनौ । त्यसका लागि राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड लगायतका सरोकारवाला निकायहरु बसेर ऐन संशोधनका लागि काम गरिरहेका छौ र आगामी दिनमा पनि सहकार्य गरेर अगाडी बढ्ने छौ । यदी अवको कार्यकालमा म उपाध्यक्ष चुनिए भने पहिलो कामको रुपमा विभिन्न ऐनहरुको संसोधनका लागि पहल गर्नेछु । संसदको यही हिउदे अधिवेसनले संसोधित सहकारी ऐन पास गर्नेमा म ढुक्क छु । यदी सो ऐन संसदबाट पास भएको खण्डमा सहकारी पनि प्रत्यक्ष उत्पादनसँग जोडिन सक्नेछ । जसका लागि मेरोतर्फबाट एउटा इट्टा थप्ने काम गर्छु ।
नेपालको संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र भनिएकोछ , समाजवादको लागि मुख्य भुमिका नै सहकारी क्षेत्रको रहन्छ तर यसले आफ्नो उपस्थिति देखाउन सकेको छैनन नी तपाईले यसलाई कसरी हेर्नभएको छ ?
सम्पुर्ण नेपालीको समान रुपले हुने आर्थिक, सामाजिक र राजनीतिक उन्नति नै समाजबाद हो । समाजबादको आधार निर्माण भनेको नै बास्तवमा सहकारीले गरिरहेको छ । अहिले समाजवादको आधार निर्माण गरिरहेका छौ । समावेशी सहभागिता रहेको छ सहकारीमा । अब सबै क्षेत्रको सहभागिता सहकारी क्षेत्रमा बनाएर अगाडी बढ्ने छौ । सहकारी मोडलबाट नै संबद्ध भएका देशहरु कयौ रहेका छन् । अरु मुलुकले राम्रो प्रमाणित गरिरहेको सहकारीलाई हामीले आत्मसात गरको छौ । हामी कुनै दुर्घटनामा पर्दैनौ भन्नेमा विश्वस्त छौ । भएका निति नियमहरुलाई परिवर्तन गरेर अगाडी बढ्ने वित्तिकै समाजवादको आधार हामी निर्माण गर्न सक्छौ । समाजवाद उन्मुख अर्थतन्त्रको आधार निर्माण गर्नका लागि हाम्रो कार्यकालमा सम्पुर्ण प्रयास गर्नेछौ र तय पनि गर्नेमा म विश्वस्त छु ।
पछिल्लो समयमा सहकारी नेताहरुले प्राइभेट कम्पनीमा लगानी गरेर कमाइरहेको र राजनीतिका लागि मात्र सहकारी रोजेको कुराहरु बाहिर आइरहेका छन् यो कत्तिको उचित हो ?
सहकारीमा लाग्ने सहकारी नेताहरु सहकारीकै माध्यमबाट अगाडी बढ्नुपर्छ राजनीति गर्नका लागि मात्र सहकारी रोज्नु विकृति हो । त्यस्ता विकृतिको अन्त्य गर्नतर्फपनि हामी लाग्नुपर्छ । बरु सहकारीबाट नै व्यवसाय गर्नका लागि के कस्ता बाधा व्यवधानहरु हुन् तिनिहरुको निराकणतर्फ हामी लाग्नुपर्छ । जुन ४७ वटा ऐन नियमहरु बाधक देखिएका छन् त्यो परिवर्तन गर्नासाथ यस्ता समस्याहरु हटेर जानेछन् । अहिले केही कानुनी जटिलताका कारण त्यस्तो भएको हुन सक्छ । ति कानुनी समस्याहरु अन्त गरिसकेपछि सहकारीबाट नै व्यवासाय गर्नतर्फ लागिन्छ । र यसलाई शसक्त खम्बाको रुपमा अगाडी बढाउन लाग्नुपर्छ । यदी कानुनी परिवर्तनपछि पनि प्राइभेटबाट लाभ लिने र राजनीति गर्न सहकारीमा आएमा त्यो विकृति हुनेछ र त्यसको अन्त्यका लागि हामी लाग्नेछौ ।
राज्यले सहकारीलाई एक खव्बाको रुपमा स्वीकारेको त छ तर व्यवहारमा देखिएको छैन यसमा सहकारी अभियानको पनि कमजोरी होइन र ?
हामीले सहकारीबारे पुर्ण रुपमा जनचेतना जगाउन सकिरहेका छैनौ तर अभ्यास जारी रहेको छ । तर दैनिक रुपमा सहकारीप्रति जनता सकारात्मक हुदै गएका छन् । सहकारी मार्फत नै वित्तिय साक्षरता बढेको छ । राजनीति हिसावले पनि सहकारीमा सक्रिय व्यक्तिले नै भोट बढी ल्याएका उदाहरणहरु रहेका छन् । सहकारीको पहुँचमा विस्तार हुदै गएको छ । विभिन्न फोरमहरुमा सहकारीको बारेमा चर्चा सुरु हुन थालेको छ । यसमा गरिव जनताहरु सामेल हुने र उनीहरुको पहुँच माथिल्लो तहसम्म नपुग्ने हुनाले व्यवहारमा विभेद गरिएको हो कि जस्तो देखिएको हो तर अव विस्तारै सो विभेद पनि हटेर जानेछ । मलाई विश्वास छ यदी मैले उपाध्यक्ष जिते भने मेरो कार्यकालमा विभेद नगर्ने खालको सहकारीको उपस्थिति हुनेछ ।
सहकारी क्षेत्रमा महिलाहरुको उपस्थिति राम्रो छ तर नेतृत्व तहमा छैन । अर्को तर्फ युवाहरु पनि सहकारी क्षेत्रमा आकर्षित भएको देखिदैन युवा र महिलाहरुको नेतृत्वको विकासको लागि तपाईको भुमिका के रहने छ ?
संविधानमा नै महिलाको सहभागिता ३३ प्रतिशत रहेको छ । सहकारी महासंघको नियमावलीमा पनि ३३ प्रतिशत महिलाको सहभागिताको सुनिश्चितता गरेको छ । सोही आधारमा महिलाहरुको सहभागिता हुनेछ र पदाधिकारीमा पनि महिलाहरुको सहभागिता हुनेछ । अहिले म उपाध्यक्षमा उठ्दै छु । वरिष्ठ उपाध्यक्ष महिला नै हुनुहुनेछ । त्यस्तै छुट्टै युवा समिति बनाएर हामी अगाडी बढेका छौ । अन्तराष्ट्रि सहकारी महासंघले पनि महिला र युवाहरुको नेतृत्व विकासको लागि काम गरिरहेको छ । आइसीएले महिला र युवाको पक्षमा काम गर्नका लागि ग्लोवल रुपमा आव्हान नै गरेको छ । महिला र युवाहरुको सहभागिता बढाउनका लागि आगामी दिनमा कार्ययोजना बनाएर अगाडी बढ्ने छौ । अहिलेको जुन अवस्था छ त्यसलाई आगामी दिनमा थप मजवुत बनाउदै लैजाने छौ ।