खुशी र सफलताका १० शुत्र

1364

मनोज ज्ञवाली ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । उनको सफलता धेरै युवाहरुका लागि उत्प्रेरणा हुने गरेको छ । उनले खुशी र सफलताका लागि १० शुत्र सिकाएका छन् :

खुशी र सफलताका १० शुत्र:
1. सोच ठूलो राखौं। आफूलाई बुझौ, आफ्नो कमजोरी र सक्षमता आफै पत्ता लगाऔं अनी लक्ष्य निर्धारण गरी त्यसमा कठिबद्द भएर लागौ; निरन्तर ।

2.सधै खुल्ला र सकारात्मक सोच राखौं । जीवनमा सफलता पाउन धेरै बाटाहरु रहेको तथ्य नभुलौं । एउटा बाटो बन्द हुंदा सयौ अरु सुन्दर गन्तव्यका बाटाहरु भेटिन सक्छन। खुशी र सकारात्मक रहौं।

3.डरलाई सधैभरि जितौं । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरुजस्तो छैन भन्ने भावनालाई आजैदेखी टाढा राखौ। हामी जस्तो सोच्छौं, त्यस्तै बन्छौ।

4.धैर्यशिल रहौं। रातभर मै सफल हुन सकिदैन भन्ने तथ्य बुझौं र लगातारको मेहनतले नै सफलता देखाउछ अनी बीचमा आउने बाधा ब्यवधानहरुले हामीलाई बढि अनुभवी र परिस्कृत बनाउछ भनेर बुझौं। बाधा ब्यबधान पुर्याउने अनी हामीलाई खराब लाग्ने मान्हछेरुलाई पनी धन्यबाद दिउं, सम्हालिएर चल्न यिनैले सिकाउछन। कांचो फलामबाट खुकुरी बन्न 900 डिग्री तापमानमा पोलीनु पर्छ, पिटाई खानु पर्छ अनी त्यत्तीकै घोटिनु पर्छ।

5. अनावश्यक दुविधामा परेर धेरै सोचेर र प्लान गरेर नबसौं । कुनै काम गर्नु छ भने त्यसलाई तुरुन्तै शुरु गरौं अनी समस्यामा होईन लक्ष्यमा फोकस गरौं; जे मा हामी फोकस गर्छौं, त्यहि देखिन्छ र प्राप्त हुन्छ।

6. आफू सहि बाटोमा छु कि छुइन भनेर सधैभरी सचेत रहौं। यदि गलत बाटोमा छौं भने जति मेहनत गरेपनि त्यसले हाम्रो लक्ष्यमा पुर्याउदैन।

7. जीवनको लक्ष्य निर्धारण गरौ अनी लक्ष्यलाई दिन, हप्ता,महिना र बर्षमा बाडौं। लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाकी छ भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राखौं । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।

8. सोच सकारात्मक, शब्दहरु मधुर, ह्रदय विशाल, कर्म उच्च र मुस्कान मिठो राखौं। हामीले गर्ने व्यवहारले नै अरुको हामी प्रतिको व्यवहारको दिशा तय हुन्छ। यो ऐना जस्तै हुन्छ सोचौं। अरुलाई दोष दिनु पुर्व आफ्नो बोली, व्यबहार र सोचलाई नियालौं। अरुलाई भन्दा आफूलाई परिवर्तन गर्न सजीलो छ भनेर बुझौं। ‘अनुहारमा कालो लागेको छ भने ऐना पुछेर हुदैन’ मनन गरौं।

9.मानिसलाई सफलताको लागि सम्बन्धहरु र पैसा को पनि आवश्यकता पर्छ । राम्रो सम्बन्ध र पुग्दो पैसाले आत्मविश्वास बढाउछ भने विकल्प तिर हामफाल्न हिक्मत दिन्छ। आफ्ना सहि सम्बन्धहरुलाई सांचेर राखौं र आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गरौं ।

10. सधैभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा बसौ, केहि आन्तरिक योजना या समस्या छ भने तिनै सिमीत साथीहरु विच पोखौं। बोल्दा विचार गरौं, गाली कसैलाई नगरौं अनी कहिल्यै अरुको कुरा नकाटौं।