युवालाई पोखरीमा घचेडिदिनुहोस् र पौडीन छोडिदिनुहोस्

1360

ग्लोवल युथ फोरममा सहभागी भएर कस्तो अनुभव गर्नुभयो ?
ग्लोवल युथ फोरम (जिवाइएफ) पहिलो पटक आयोजना भएको हो । युवाहरुको लागि तालिमबाट नयाँ कुरा सिक्न र नेटवर्किङ गर्न राम्रो अवसर हो । युवाहरुले सहकारीमार्फत कहाँ र कसरी काम गरिरहेका छन् जान्न र सिक्नका लागि राम्रो राम्रो प्ल्याटफर्म हो । मेरो लागि त झनै ठूलो अवसर भयो । विभिन्न देशका युवाहरुबाट धेरै कुरा सिके । युवाबीच सम्बन्ध बनाइराख्न र आगामी दिनमा कसरी सँगसँगै काम गर्न सकिन्छ भन्ने कुरा बुझ्नको लागि पनि जिवाइएफ ठूलो प्याटफर्म बनेको छ ।

अलिरेज बेनफिर (Alireza Banaeifar) -उपाध्यक्ष, इन्टरनेशनल युथ को–अपरेटिभ एलायन्स एसिया प्यासिफिक

जिवाईएफमा सहभागि हुन युवाहरुमा त्यति आकर्षण त देखिएन, कारण के हो ?
सहकारी होस् वा सरकारी संस्था, उनीहरुले युवालाई उत्साहित र सहजिकरण गर्ने वातावरण तयार पार्नुपर्छ । युवाहरु सिर्जनशिल हुन्छन् र राम्रा आइडियाहरु हुन्छन् । यदी उनीहरुले आफ्नो आइडिया र सिर्जनशिलतालाई कसैले देखेनन् वा मन पराएनन् भन्ने लाग्यो भने निरुत्साहित हुन्छन् ।

युवाहरुले सहकारीमा भविष्य देखेका छन् र त जिवाईएफमा भाग लिन आएका छन् । धेरै देशहरुमा युवालाई विश्वास नगर्ने र विदेशका कार्यक्रममा भाग लिन नदिने समस्या हो । ३५ बर्षभन्दा मुनिका मानिसहरु बाहिर जानको लागि फिट छै्रनन् भन्ने सोच पनि छ । युवाको आवाज सम्बन्धीत देशको सहकारी क्षेत्रले सुनेको छैन । जसले यस्ता कार्यक्रममा भाग लिन चाहेका छन् उनीहरुलाई सबै जानकारी दिनुपर्छ ।

यस्तो कार्यक्रम पहिलो पटक भएको हो । यस्तो कार्यक्रम भनेको ग्यादरिङ मात्र हो, केही सिकिदैन भन्ने लागेको होला । अर्को जिवाईएफ भने पक्कै राम्रो हुनेछ । कार्यक्रम पहिलो पटक भएकाले पनि उनीहरुलाई यसबारे जानकारी नभएको हुन सक्छ ।

तपाई एउटा राम्रो उद्योगी/व्यवसायी हुन सक्नुहुन्थ्यो । किन सहकारी क्षेत्रमा लाग्नुभयो ?
म प्रत्यक्ष रुपमा सन् २०१६ देखि सहकारी क्षेत्रमा काम गरिरहेको छु । म सहकारीहरुको छाता संगठन चेम्बर अफ द को अपरेटिभ इरान अन्तर्राष्टिय मामिलाको म्यानेजर हुँ । यसले अन्य देशसँगको सम्बन्ध हेर्दछ । मैले मेरो देशको सहकारी र अन्य देशको सहकारी अभियानलाई जोड्ने कोसिस गरेको छु । सहकारीमा पनि विभिन्न समस्याहरु रहेका छन् । सहकारीले सम्पुर्ण आर्थिक समस्याको समाधान दिन सक्नुपर्छ । सहकारीहरुसँग समाजमा प्रभाव पार्न सक्ने क्षमता हुनुपर्छ । सहकारीले सम्पुर्ण योग्यता, क्षमतासँगै लिएर हिडेको छ । आशा छ यसले राम्रोसँग काम गर्छ । एउटा धेरै महत्वपुर्ण भनाई सम्झन चाहान्छु– यदी तपाई छिट्टो जान चाहनुहुन्छ भने एक्लै हिड्नुहोस् यदी टाढासम्म पुग्न चाहनुहुन्छ भने अरुसँगै हिड्नुहोस् । यो सबै कुरामा लागु हुन्छ । हामीले सबै समस्याको समाधानको बारेमा सोच्नुपर्छ । प्रत्येक दिन हामीसँग फरक फरक समस्याहरु आइरहन्छन् । दुई वटा दिमाग छ भने एउटा दिमाग भन्दा सधै राम्रो हुन्छ । यदी व्यापारमा जानुहुन्छ भने तपाई आफ्नो फाइदाको बारेमा मात्र सोच्नुहुन्छ तर सहकारीमा तपार्ईले समाज, परिवार, देश र विश्वको बारेमा सोच्नुहुन्छ । यसअघि म विभिन्न व्यापार व्यवसायसँग सम्बन्धीत काम गर्दथे । व्यापारमा तपाई वैधानिक वा अर्वैधानिक तरिकाले नाफाको बारेमा मात्र सोच्नुहुन्छ । तर, सहकारीमा यो निर्णयले समाजमा कस्तो असर पर्छ भनेर सोच्नुपर्छ । जव म व्यापारीक क्षेत्रमा काम गर्दथे एउटा बन्द बाकसजस्तो थिए । सहकारीमा आएपछि खुल्ला भएको छु । मैले जहाँपनि काम गर्न सक्छु । विभिन्न क्षेत्रका मानिस एकै ठाउँमा बस्छौ र समस्याको समाधानबारे सौच्छौ । हामी हाम्रो आवाज उठाउन सक्छौ । हामी सरकारसग अधिकार माग्न सक्छौ । यो नै सहकारी हो ।

युवाहरु धेरै कमाउने प्रतिस्पर्धामा छन् । सहकारीमा थोरै आम्दानी हुने भएकाले यसमा युवा कसरी आकर्षित होलान ?
युवाहरु सधै राम्रो अवसरको खोजीमा हुन्छन् । सहकारीमा काम गर्नु भनेको आफ्नो क्षमता र व्यक्तित्वमा लगानी गर्नु हो । व्यक्तिगत रुपमा हेर्ने हो भने सहकारी क्षेत्रबाट मानिसले धेरै पैसा कमाएका पनि छन् । उनीहरुले सहकारीबाट धेरै कुराको ज्ञान लिएका हुन्छन् । यदी त्यो ज्ञानलाई रकममा परिणत गर्ने हो भने त्यो तपाईले व्यापार व्यवसायबाट कमाउने रकम भन्दा पनि ठूलो हुन्छ । तपाईले सहकारीबाट के लिनुभयो त्यो रकममा मात्र देखिदैन । तपाईले दिन प्रतिदिन धेरै भन्दा धेरै कुराहरु पाइरहेका हुन्छ । मानिसहरु तपाईको बारेमा के सोच्छन्, कस्तो व्यवहार गर्छन् भन्ने कुरा पनि धेरै महत्वपुर्ण हो । यो पैसाको मात्र विषय होइन ।

तपाई इन्टरनेशनल युथ को–अपरेटिभ एलायन्स एसिया प्यासिफिकको उपाध्यक्ष हुनुहुन्छ । एसियन युवाहरु किन यो नेटवर्कमा आउन चाहदैनन् ?
यहाँ धेरै समस्याहरु छन् । एसिया क्षेत्रमा सबैभन्दा ठुलो समस्या भनेको युवाहरुको पहिचाहन र उनीहरुको सम्भावनालाई आवद्ध संस्थाले गम्भीर रुपमा नलिनु नै हो । युवाहरुले सस्थाका पदाधिकारीसँग युथ नेटवर्क हाम्रो लागि राम्रो प्लाटफर्म हो भनेर कन्भिन्स गराउन जरुरी छ । आइसीवाइसीको सदस्य भएपछि काम गर्न सहज हुन्छ । अहिले हामीसँग १० देशका मात्र सदस्य छन् । आइसीवाइसीमा पहिलो सदस्य संख्या त्यसपछि गुणस्तर बढाउनुपर्नेछ । यस्ता नेटवर्कमा आवद्ध भएपनि उनीहरुलाई कसरी धेरै भन्दा धेरै कार्यक्रममा भाग लिने र आफ्ना कुराहरु सेयर गर्न सक्ने हुने भन्ने जानकारी हुन्छ । हामीले पनि विभिन्न देशका सहकारी छातासंगठनलाई आइसीवाइसीको बारेमा बुझाउन नसकेको पक्कै हो । आइसीवाइसीको बारेमा चेतना बढाउन प्रयास गरिरहेका छौं ।

एसिया क्षेत्रका युवाहरुको लागि आगामी योजना के छन् ?
हामीले अब अनलाईन मिटिङ गर्नेछौ । यसमार्फत युवाहरुले संस्थागत र व्यक्तिगत रुपमा कसरी काम गर्दैछन् र के कस्ता उपलब्धी हासिल भए भन्ने कुरा एक आपसमा आदान प्रदान गर्ने मौका मिल्नेछ । उनीहरु के गर्दैछन् र के चाहान्छन् भन्ने कुरा हामी सुन्नेछौं । उनीहरुसँग धेरै उत्कृष्ट क्षमता छ, तर आफ्ना आइडियाहरु प्रयोग गर्न र भन्नको लागि ठाउ र अवसर चाहिएको छ । हामी प्रत्येक वर्ष वेवनार गर्ने सोचमा पनि छौं । जसमा प्रत्येकलाई आइसीवाइसी सदस्य भएर के पायौ र के गरिरहेका छौ भनेर सोध्नेछौं ।

आइसीए अध्यक्ष एरियल ग्वार्कोले मन्तव्यमा ‘युथहरु भविष्य होइनन् वर्तमान हुन्’ भनेर उल्लेख गर्नुभयो । यो कुरा व्यवहारमा देखिएको छ त ?
यदी तपाई युवाहरुमा लगानी गर्दै हुनुहुन्छ भने उनीहरुलाई तालिम, अवसरका साथै उत्तरदायित्व र अधिकार पनि दिनुपर्छ । पछाडी बसेर उनीहरुलाई गाइड गर्नुहोस् र उनीहरुका समस्या, राम्रो/नराम्रो पक्ष पनि औल्याइदिनुहोस् । सल्लाहकारजस्तै भएर बस्नुहोस्, प्रत्यक्ष हस्तक्षेप नगर्नुहोस् । समस्या भनेको उ युवा हो र उससँग अनुभव छैन । अझ भनौ युवाहरुलाई विश्वास नै गर्दैनन् । जवसम्म युवाहरुलाई विश्वास गरेर उत्तरदायित्व सुम्पिदैन युवाहरुले कहिल्यै आफ्नो समस्या पत्ता लगाउदैनन् । कहिलेकाही युवालाई पोखरीमा घचेडिदिनुहोस् र पौडीन छोडिदिनुहोस् । यदी त्यसो गरिएन भने उनीहरुले कसरी पौडने भन्ने कहिल्यै सिक्दैनन् । कहिलेकाही उनीहरु डराउछन्, कहिलेकाही राम्रो काम गर्छन् । तपाईले यो भन्नुहोस् कि समस्या परेमा म सधै तपाईको पछाडी छु ।

आइसीएले युवाहरुलाई विश्वास गरेको छ त ?
आइसीएले युवाहरुको लागि राम्रो काम गरिरहेको छ । युवाहरुलाई विस्तारै माथि लैजादै छ । युवाहरुले पनि आफूलाई सक्षम छु भनेर प्रमाणित गर्नुपर्छ । आइसीएले हामीहरुलाई त्यो अवसर पनि दिएको थियो । हामीमा केही समस्याहरु छन्, युवाहरुलाई ठूला संस्थाहरुले पत्याउदैनन् । आइसीए आफै सहभागी भएको खण्डमा मात्र अन्य दातृ संस्थाहरुले पत्याउने भएकोले हामी अगाडी नसरेका हौं ।

अन्त्यमा इरानको सहकारीको अवस्थाबारे पनि बताइदिनुहोस् न ?
इरानमा एक लाख ६० हजार सहकारी दर्ता भएकोमा एक लाख १० हजार संचालनमा छन् । सहकारीहरुले यातायात, हाउजिङ शिक्षा, उपभोक्तालगायतका १२० क्षेत्रमा काम गरिरहेका छन् । अहिले सहकारीले अर्थतन्त्रमा ८ प्रतिशत योगदान पुर्याएका छन् भने अब २५ प्रतिशत पुर्याउने लक्ष्य साथ काम गरिरहेका छौं । लक्ष्य ठूलो छ, तर हामी लागिपरेका छौ । म सहकारीहरुको छाता संगठन चेम्बर अफ द को अपरेटिभ इरानमा काम गर्छु । हामी सहकारीका सदस्यलाई शिक्षा दिनका लागि तालिम, सेमिनार, वर्कसपहरु गरिहन्छौ । सहकारी सेवा सुविधा प्रभावकारी बनाउन र सहकारी उत्पादन अन्य देशमा निर्यात गर्नको लागि पनि सहयोग गछौं । इरानमा ३५ बर्ष कम उमेकालाई युवा मानिन्छ । युवाहरुले सहकारीमा आएर फाइदा लिइरहेका छन् । युवाहरु मिलेर सहकारी खोले भने सरकारले करमा २० प्रतिशत छुट दिन्छ । त्यस्तै सामाजिक सुरक्षाको लागि २५ प्रतिशत छुट दिन्छ । योे युवा सहकारीहरुको लागि दिएको राम्रो प्रोत्साहन हो । सरकारले प्रत्यक्ष रुपमा सहकारीलाई पैसा दिदैन तर अप्रत्यक्ष रुपमा सहकारीलाई सहयोग गरिरहेको छ । जस्तै स्टार्टअप विजनेशलाई पनि सरकारले प्रमोट गरिरहेको छ । स्टार्टअप विजनेश निक्कै लोकप्रिय छ । सरकारले युवाहरुलाई स्टार्टअप कम्पनी वा सहकारी खोल्नको लागि सहयोग गर्छ । जस्तै धेरै प्रतिभाशाली युवाहरु जम्मा हुन्छन् र उद्योगमा जान्छन् र आधिकारिक व्यक्तिसँग भन्छन्– यदी हामीसँग भएको नलेजबेस नयाँ मेटरियलहरु प्रयोग गर्नुभयो भने तपाईको उत्पादन धेरै गुणस्तरिय हुन्छ । युवाहरुले केही आइडियाहरु दिन्छन् । इरानमा धेरै युवाहरु नलेजबेश कोअपरेटिभमा सक्रिय छन् । उनीहरु नयाँ नयाँ टेक्नोलोजीमा आधारित काम गरिरहेका छन । त्यस्तै हाम्रो चेम्बरले पनि राम्रा राम्रा तालिमको अवसरहरु दिइरहेको हुन्छ । तालिम फ्रिमा गरिन्छ । जोसुकै युवाहरुलाई पनि भाग लिन दिइन्छ । तालिम युवाहरुका लागि धेरै महत्वपुर्ण हुन्छ ।