शेयर बजारमा ‘कुलमान’ को खोजी

1376

नेपालको शेयर बजारको इतिहास लामो भए पनि यसको विकास र विस्तार अन्तर्राष्ट्रिय स्तरको हुन सकेको छैन । २०५० सालमा नेपाल स्टक एक्सचेन्ज स्थापनासँगै आधुनिक शेयर बजारको विकास भएको हो । बजार विकास हुँदै अनलाईन टे«डिङ गर्ने अवस्थासम्म हामी पुगेका छौं । अझै पनि बजार व्यवस्थित र बलियो हुन सकेको छैन । सरकारले अनिवार्य गरेका कम्पनी बाहेक उत्पादन क्षेत्रका वास्तविक कम्पनीले शेयर बजारमा प्रवेश गर्न सकेका छैनन् । नेपाली पुँजी बजारलाई व्यवस्थित गर्न आवश्यक केहि उपायहरुबारे यस आलेखमा चर्चा गरिएको छ ।

 लगानीकर्तालाई सर्ट टर्म इन्भेष्टर, मिडिल टर्म इन्भेष्टर र लङ टर्म इन्भेष्टरका रुपमा वर्गिकरण गर्न सकिन्छ ।

दुर्गा प्रसाद काफ्ले

कारोबार समय थप : नेपाल धितोपत्र बोर्डले आइतबार बाट कारोबार समय थप्ने जुन निर्णय गरेको छ । यो स्वागत योग्य कदम हो । यसबाट बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्नेछन । अब शेयर बजारलाई शुक्रबार पनि खोल्ने व्यवस्था गर्नुपर्छ । यसबाट सरकारी कर्मचारी तथा अन्य कर्मचारीको पनि प्रवेश बजारमा हुनेछ । धेरै कर्मचारी इच्छुक भयेर पनि समय नमिल्दा आउन सकिरहेका छैनन् ।

ब्रोकर कमिसन : कमिसन अति नै महंगो भएको छ । यसमा केहि घटाउन सकिन्छ भनेर ब्रोकर आफैले बोलेका छन तर धितोपत्र बोर्ड चुपचाप छ । कमिसन घटाउने काम तुरुन्त गरियोस होइन भन्ने बाटो खाली गरियोस, पुँजीबजार विकासको लागि काम गर्न इच्छुक कुलमान अरु जति पनि छन् ।

लगानीकर्ताको वर्गीकरण : पुँजी बजारमा लगानी गर्ने लगानीकर्तालाई समयको आधारमा वर्गीकरण गर्न अति नै आवश्यक छ । पुँजी बजारको विकासको तथा बिस्तारको लागि यो अत्यावश्यक भएको छ । लगानीकर्ता सर्ट टर्म इन्भेष्टर, मिडिल टर्म इन्भेष्टर र लङ टर्म इन्भेष्टरका रुपमा वर्गिकरण गर्न सकिन्छ ।
यो विधि अपनाएर समयको आधारमा कर लगाउदा बजारमा चलखेल कम हुने र लामो समय लगानी गर्ने असली लगानीकर्ताले न्याय पाउछन् । छोटो समयका लगानीकर्ता जो व्यापारी लगानीकर्ता हुन उनीहरुले बढि कर तिर्छन र लामो समय कुर्ने लगानीकर्ताले थोरै कर तिर्छन । यो विधि अपनाएर काम गरे पुँजीबजार दिगो बिकास हुँदै बलियो हुँदै चलखेल कम हुन्छ ।
साना लगानीकर्ता तथा लामो समय सेयर होल्ड गर्ने लगानीकर्तामा बजारप्रती जुन अविश्वास आएको छ त्यो परिवर्तन हुँदै लगानीकर्ता नै बन्ने रहर सबैमा जाग्छ फल स्वरुप बजारले उचाइ लिदै बजार विकाससँगै राज्यको कर पनि बृद्धि हुन्छ जसबाट आर्थिक बिकासमा कोसे ढुंगा सावित हुन्छ ।