हामीले सहकारीको पाचौ र सातौ सिद्धान्तमा टेकेर काम गरिरहेका छौ

1728

विश्व अहिले कोभिड १९ को त्रासमा छ । ६० वटा भन्दा बढी देशरु लकडाउन भइरहेका छन् । विश्व आर्थिक मन्दीको चपेटामा पर्दै गइरहेको छ । अधिकांश मुलुकमा आर्थिक संकट आउने संकेत आइएमएफ र विश्व बैंकले गरिसकेका छन् भने करोडौ मानिस भोकमरीबाट मर्ने अन्तराष्ट्रिय दातृ निकायहरुले देखाइ सकेका छन् । अर्थतन्त्रको एक पिलरको रुपमा रहेको नीजी क्षेत्र यतिवेला पुर्ण रुपमा ठप्प छ । उद्योगधन्दा कलकारखाना बन्द छन् । तर अर्को पिल्लरको रुपमा रहेको सहकारीहरु पुर्ण रुपमा बन्द भने भएका छैनन् । केही सहकारीहरुले निरन्तर आफ्नो काम गरेपनि काठमाडौ उपत्यकामा रहेका अधिकाश सहकारीले काम गरेका छैनन् ।

ठूला महामारीको अवस्थामा विषेशगरी सहकारीले समुदायहरुलाई डाढस दिनुपर्छ । कोभिड १९ का कारण विश्व समुदाय त्रसित भएको अवस्थामा सहकारी एक मात्र विकल्पको रुपमा समुदायको दुखमा मलम लगाउनुपर्छ र सहकारीको जन्म नै यसै सिद्धान्त बमोजिम भएको हो । विश्वमा कोभिड १९ ले तहल्का मच्चाइरहेका बेलामा हामीले विभिन्न देशका सहकारीका युवा नेताहरुलाई सोधेका थियौ तपाईहरुको देशमा कोभिड १९को प्रभावलाई कम गर्न के गरिरहनु भएको छ ? उनीहरुको भनाई जस्ताको तस्तै ।

सहकारीका पाचौ र सातौ सिद्धान्तमा टेकेर काम गरिरहेका छौ

असान अली ठाकुर (Ahsan Ali Thakur)
पाकिस्तान
अध्यक्ष, आइसिए एपी युथ कमीटी

मलाई लाग्छ सहकारीका सात सिद्धान्तमध्ये पाचौ र सातौ सिद्धान्तलाई केन्द्रमा राखेर काम गर्ने समय हो अहिले । सहकारीको पाचौ सिद्धान्तको रुपमा शिक्षा, तालिम र सुचना र सातौ सिद्धान्तको रुपमा समुदायप्रतिको चासो रहेको छ । अहिले हामीले सोही दुईवटा सिद्धान्तमा रहेर काम गरिरहेका छौ ।

म पाकिस्तानको कराचीमा रहेको कराची को अपरेटिभ हाउजिङ सोसाइटि लिमिटेडमा काम गर्छु । यो सहकारीबाट प्रबद्र्धित हाउजिङ सहकारी हो । कोरोनाको महामारीलाई कम गर्नका लागि हामीले केही कामहरु गरिरहेका छौ । हामीले हाम्रो सदस्य र समुदाय कोरोनाको संंक्रमणबाट बचुन् भन्ने उदेश्यले कोरोना सम्बन्धी शिक्षा,तालिम र सुचना दिने काम गरिरहेका छौ ।

कोभिड १९ बाट बच्न पटक पटक मिचिमिचि सावुन पानीले हात धुने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स साना कुराहरुमा ध्यान दिन सिकाइरहेका छौ । त्यस्तै यदी कोरोना लागेमा के गर्ने र अरुलाई फैलन नदिनको लागि विरामीको उपचार कसरी गर्ने भन्ने सम्मको चेतना सदस्यहरु र समुदायमा लगिरहेका छौ।

त्यस्तै हामीले हाम्रो तर्फबाट समुदायमा कोरोना सम्बन्धी जनचेतना फैलाउने, मास्क स्यानिटाइजर, सावुन जस्ता अत्यावश्यक चिजहरु उपलव्ध गराउने काम गरिरहेका छौ । कोरोना विश्वव्यापी महामारीको रुपमा फैलिएकोले पुर्ण रुपमा रोक्न नसकिने भएकोले सबैभन्दा ठूलो काम अहिलेको सन्दर्भमा जनचेतना फैलाउने र मानिसहरुको मनोवल गिर्न नदिने नै हो भन्ने मलाई लाग्छ । त्यो पाकिस्तानमा हामी मात्र नभएर सम्पुर्ण सहकारीहरुले गरिरहेका छन् ।

म एउटा सहकारीको एसिया प्यासिफिकको युथको नेता पनि भएको र आइसिएको उपाध्यक्ष पनि भएको नाताले मैले कोरोनालाई कम गर्न आफ्नो तर्फबाट काम गरिरहेको छु । देशभित्र र देश बाहिरका साथिहरुसँग बारम्बार सोसल मिडिया मार्फत कन्ट्याकमा रहीरहेको छु भने उनीहरुको देशमा कोभिड १९ ले पारेको प्रभाव र भएका कामहरुको अपडेट लिदै आफूहरुले पनि सकेको सहयोग गर्नका लागि आव्हान पनि गरिरहेको छु । विभिन्न समयमा वेवनार गरेर अन्य क्षेत्रका साथिहरुसँग पनि सहकार्य गरेर जनचेतना बढाउने कामहरु गरिहेको छु ।

यो समय हामी आफैलाई प्रमाणित गर्ने समय हो

आना अग्युरी (Ana Aguiree)
स्पेन
प्रेसिडेन्ड, आइसीए युरोप युथ कमिटी

हाम्रो देशमा हामीले कोभिड १९ को प्रभावलाई कम गर्नका लागि धेरै कामहरु गरिरहेका छौ । यहाँ सहकारीको प्रभाव राम्रो छ त्यसैले यहाँ हामीले सहकारीका विभिन्न मोडलहरु प्रयोग गरिरहेका छौ । मलाई लाग्छ यहाँको सबैभन्दा राम्रो उदाहरण भनेको मोनड्रागन समूहको सहकारीद्धारा प्रवद्र्धित वेक्सेन मेडिकल र मोनड्रागन विभानको काम हो । जसले माष्क उत्पादनका लागि प्रयोग हुने चारवटा मेसिनहरु राज्यलाई प्रदान गरेको छ । तर अरु सहकारीको काम पनि हामीले विसएन हुदैन ।
यहाँका ठूला सहकारीले पनि स—साना उत्पादनहरु थालेका छन् । जसले हेल्थकेयर उद्योगलाई सहयोग पुग्न सक्छ । त्यस्तै साना सहकारीले पनि आफ्नो समुदायप्रति चिन्तित भएर काम गरिरहेका छन् जसले समाजमा कोरोनाको त्रास कम गर्न निक्कै प्रभावकारी भुमिका खेलेको छ । कोभिड १९ले तल्लो लेवलका र माथिल्लो लेवलकालाई एकैठाउँमा ल्याएको छ । यसले व्यक्तिगत भन्दा पनि ग्लोवलको लागि केही सोच्न बाध्य बनाएको छ ।

म यो समयमा सहकारी अभियान भित्रका र बाहिरका मानिसहरुसँग दैनिकजसो कुरा गरिरहेको छु । जसले मलाई सहकारी अभियानलाई थप बुझ्न उक्साइरहेको छ । मैले विश्वमा यो देखाउनुछ की सहकारी सबैभन्दा ऐक्यबद्ध, मानवीय उत्तरदायि र समानताको चालक हुन् । र यो हाम्रो लागि आफैलाई सावित गर्ने ठूलो मौका हो त्यसैले मैले समुदायको पीर मर्का बुझ्ने र उनीहरुको पिडालाई सकेसम्म कम गर्ने कोसिस गरिरहेको छु । लकडाउनका कारण मानिसहरुसँग भर्चुअल रुपमा कुराकानी भइरहेको छ ।

सहकारीले जनचेतना जारी गर्नाले सहकारी भएका सहरमा कोभिड १९ छैन

एन्जेलिका सोवेरान्स (Angelica Soberanes)
मेक्सिको
प्रेसिडेन्ट आइसीए युथ नेटवर्क अमेरिका

म अहिले मेम्सिकोमा रहेको क्रुज अजुल सहकारीमा काम गर्छु । यो सहकारी यस क्षेत्रको आफ्नै मौलिकता भएको सहकारी हो । जुन १९६० को दशकदेखि नै सुरु भएको हो । यो सहकारीले मेक्सिकोमा दुई स्थानमा स्कुल, सुपरमार्केट, हस्पिटल र खेलकुट सेन्टरहरु चलाएको छ । यस सहकारीद्धारा सन्चालित विभिन्न विजनेशमा १५ हजार परिवार आश्रित छन् ।

यहाँका सहकारीहरुले कोभिड १९ को प्रभावलाई कम गर्न सहकारीमा काम गर्नेहरुलाई अफिसमा नै जान विस्तारै कम गर्दै लग्यो । प्रत्येक हप्ता सहरहरु सफा गर्ने, सहर र नजिकैका गाउँका बासिन्दामा कोभिड १९ को बारेमा सचेतना जारी गर्ने, र अस्पताल पनि सहकारीहरुबाट नै सन्चालित भएकोले माष्क स्यानिटाइजर जस्ता अत्यावश्यक चिजहरुको विक्रि वितरण गर्ने र समयमा नै सुरक्षित तवरले बस्न स्थानीय बासिन्दालाई सहकारीले आग्रह गरेको कारण सहकारीहरु बढी भएको स्थानमा कोभिड १९ का विरामी शुन्य छन् ।

एक सहकारीको युवा नेतृ भएको हिसावले मैले कोभिड १९ को बारेमा मैले घोषणापत्र लेखेर जारी गरेको थिए । जसले सहकारी युवाहरुको दृष्टिकोण र सहकारीले खेल्नुपर्ने भुमिकालाई देखाएको छ । मैले यहाँ एक स्वयंसेविकाको रुपमा पनि काम गर्दै आइरहेको छु ।

यहाँका स्थानीय जनतालाइ मास्क स्यानिटाइजर दिने, उत्पादन गर्ने काम पनि गरिरहेको छु । हामीले एक मोडल तयार गरिरहेका छौ जव यो कोभिड १९ को क्राइसिस सकिन्छ तव युवाहरुलाई पुन व्यवसाय सुरु गर्नका लागि मद्धत पुग्दछ । हामीले अन्तराष्ट्रिय लेवलमा पनि एक अर्काको समस्याहरु साटिरहेका छौ । उनीहरुको अनुभवहरु सुनिरहेका छौ जसले हामीलाई आफ्नो देशमा थप काम गर्न हौसला प्रदान गरिरहेको छ ।

सहकारी आफ्ना सदस्यको स्वास्थप्रति गम्भीर छ

हिल्डा ओजल मुतोका (Hilda Ojall Muthoka)
केन्या

प्रेसिडेन्ट आइसिए युथ कमिटि अफ्रिका

हामीले हाम्रो देशमा कोभिड १९ को बारेमा जनचेतना फैलाउने काम गरिरहेका छौ । त्यस्तै हामीले हाम्रो विजनेशलाई पनि निरन्तरता दिइरहेका छै । हामीले देख्यौ स्पेन र स्टली र अमेरिकाहरु कसरी कोभिड १९ बाट प्रभावित भएका छन् भन्ने कुरा । त्यसैले जनचेतना मुख्य काम हो । यहाँका सहकारी अभियान आफ्ना सदस्यलाई कोभिड १९ विरुद्ध लड्नका लागि फन्ड जारी गर्न पनि सक्षम छन् ।

हामीले समय समयमा हाम्रा सहकारी सस्थाहरुसँग छलफल गरिरहेका छौ । के गर्दा राम्रो हुन्छ ? भनेर । जनचेतना फैलाउनु नै सुरुको चरण हो र यसबाट सहकारी कसरी कोभिड १९ विरुद्ध काम गरिरहेको छ भन्ने कुरा स्पष्ट देखिन्छ ।
त्यस्तै यदी सहकारीका सदस्यहरु आफ्नो ठाउँबाट यदी बाहिर जान्छन् भने सहकारीले स्यानीटाइज, माष्क र समय समयमा हात धुनको लागि सावनहरुको बस्दोबस्त गरिदिइरहेको छ । माष्क कस्तो प्रयोग गर्ने वा नगर्ने भन्ने विषयमा फरक मत रहेपनि हामीले माष्क भने लगाउनु जरुरी नै छ । यदी त्यो अन्तराष्ट्रिय मापदण्ड अनुसार होस् वा नहोस् । यहाँको सहकारीहरु उनीहरुको सदस्यप्रति एकदमै वफादार छन् र सदस्यको स्वास्थप्रति गम्भीर पनि छन् ।