कोरोनापछि देश दर्शन कार्यक्रम

997

काठमाडौं । सरकारले कोरोना भाइरसले थला परेको पर्यटन क्षेत्र माथी उठाउन देश दर्शन कार्यक्रम घोषणा गरेको छ ।

संसदमा आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाको जोखिम सकिएपछि आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि सरकारले राष्ट्रसेवक कर्मचारी, संगठित संस्था र निजी क्षेत्रका कर्मचारीलाई देश दर्शन गर्नका लागि प्रोत्साहन गर्ने घोषणा गरे ।

यसैगरी बजेटमा सबै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार विकास गर्नका लागि १ अर्ब २६ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।