जुम मिटिङमा अश्लिल भिडियो सेयर भएको पर्यटन बोर्डले क्षमा माग्यो

1986

काठमाडौं । जुम मिटिङमा अश्लिल भिडियो सेयर भएको घटनामा नेपाल पर्यटन बोर्डले क्षमा मागेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बोर्डले भर्चुअल मिटिङमा अनाधृकत रुपमा प्रवेश गरी असामान्य परिस्थित सिर्जना भएको र कार्यक्रम बिचैमा अन्त्य गर्नुपरेकोमा क्षमा मागेको हो । घटनाबारेमा छानविन अघि बढिसकेको पनि विज्ञप्तीमा उल्लेख छ ।

सोमबार बोर्डले पर्यटन क्षेत्रको लागि व्यवसाय संचालन कार्यविधि लोकपर्ण कार्यक्रम अनलाईन एप्लिकेशन जुममार्फत गरेको थियो । कार्यक्रममा पर्यटमन्त्री योगेश भट्टराईले बोल्ने समयमा अश्लील भिडियो प्ले भएको थियो । त्यसपछि बैठक बिचमै बन्द गरिएको थियो ।