मैले किन नेफ्स्कून छाडे : शिव अधिकारी

1684

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को प्रशासन प्रमुख शिव अधिकारीले २०७७ साल साउन २० गतेबाट स्वच्छिक अवकाश लिएका छन् । २०५८ सालमा फिल्ड कार्यक्रम अधिकृतका रुपमा नेफ्स्कूनमा सेवा सुरु गरेका उनले वरिष्ठ कार्यक्रम अधिकृत, पटक पटक नि.प्रमुख कार्यकारी अधिकृत र का.मु प्रमुख कार्यकारी अधिकृतकोसम्म जिम्मेवारी पुरा गरे । नेफ्स्कूनका साथसाथै सहकारी अभियानलाई लामो समय भोगका अनुभव उनकै शव्दमा :

सुरुको नेफ्स्कून :
२०५८ सालमा नियुक्ति हुँदा अनामनगर अफिस थियो । मासिक ५ हजार रुपैयाँ घरभाडा तिर्थ्यौं । प्रवन्धक सुमन खनाल हुनुहुन्थ्यो । अरु सबै सहायक कर्मचारी, म मात्र अधिकृत थिए । बिस्तारै अधिकृत र अन्य कर्मचारी थप हुँदै गयो । ३१ जिल्लाका करिव ३५० जति संस्था आवद्ध थिए । त्यसबेलाका कर्मचारीमध्ये अहिले कोहि पनि कार्यरत छैनन । उक्त समयका लेखा सुपरीवेक्षण समितिका सदस्य चन्द्र प्रसाद ढकाल अहिले बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

नैतिक, आर्थिक र चारित्रिक विषयमा म आफू स्पष्ट छु, यदी यसमा कसैले प्रश्न उठाउछ भने प्रमाण पुर्याएर सार्वजनिक गर्न चूनौति दिन चाहान्छु ।


व्यक्तिगत लाभ एवं स्वार्थका लागि सहकारी संस्था वा संघमा संचालक र कर्मचारी हुने प्रवृत्तीले ठूलो दुर्घटना निम्त्याउछ । हालैका दिन यस किसिमको संकेत देखिएकाले यसतर्फ सरोकारवाला सचेत हुनुपर्ने आवश्यक्ता छ ।

नविर्सिने घटना :
१. २०५९ सालमा नेफ्स्कूनको साधारण सभा सर्यो, त्यसको सूचना दिने व्यक्ति म थिए । अहिले जस्तो सञ्चार सुविधा थिएन । डडेलधुराको एक संस्थाको अध्यक्षलाई स्थानीय पिसिओको नम्बरमा फोन गरे । पिसिओको साथीले भोली बिहान ९ बजे डाकिदिन्छु त्यतिखेर फोन गर्नु, अहिले ऊनी स्कुलमा पढाऊन गएका छन, भरे कतिखेर फर्कन्छन थाहा छैन भन्ने जानकारी दिए । भोलि पटक बिहान धेरै पटक कोशिस गरेर साधारण सभा सरेको जानकारी गराउदा उल्टै कहिले थियो र साधारण सभा, अनि कहिलेलाई सरेको ! भन्नुभयो । ( सायद साधारण सभाको सूचना हुलाकमा जादै थियो होला, कतिपय संस्थाले त्यस बखत साधारण सभा सकिएपछि हुलाक बाट पत्र प्राप्त भयो पनि भन्थे )

२. २०५८ कार्तिकतिर कार्यालय सर्ने तयारी गर्यौं । तिनकुनेमा फल्याट हेरियो । बैठक कक्ष समेतको अध्यक्षज्यूलाई पनि छुट्टै कार्यकक्ष पुग्ने गरी ७ हजार भाडा तिर्ने मौखिक सहमति गरियो । अफिस सार्ने १—२ दिन अघि घरवेटीले मासिक भाडा तिर्ने श्रोत के हो भनेर अफिसलाई घर दिएनन् । त्यसको केही महिनापछि मात्र शंखमुलमा २ फ्लाट लिएर सर्यौं । त्यसपछि मात्र अध्यक्षको कार्यकक्षमा एक सेट नर्मल सोफा राख्न सफल भयौं ।

अब संघ/संस्थामा कति पुँजी छ, कति सदस्य छन, कति तले घर छ, कर्मचारी कति छन भन्दा पनि कति गरिव एवं न्यून आय र विपन्न बर्गलाई सेवा पुर्याएका छन् भन्ने महत्वपूर्ण हुनुपर्छ ।

१९ वर्षमा सहकारीमा देखेको परिवर्तन :
त्यो बखत सहकारी संस्थाहरु पनि थोरै थिए । सदस्य, कारोवार सबै थोरै थियो । प्रविधिको विकास थिएन । खातापाताहरु सबै म्यानुयल थिए । अधिकांश संस्थाहरु ऐन, नियमावलीका साथै सरकारको निर्देशन र आफ्नो विनियमको आधारमा मात्र सञ्चालन हुन्थे । थोरै संस्थाको मात्र आफ्नो भवन थियो । तत्कालिन अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले नेफ्स्कूनमा आवद्ध एक करोड भन्दा बढी वासलात भएका १० वटा संस्थाहरुको नाम दिनु भन्नु मलाई निकै हम्मे, हम्मे भयो ।

अहिले नेपालमा बचत तथा ऋण सहकारी संस्थाहरुले गरेको उन्नती र प्रगति देख्दा सपना हो की विपना लाग्छ । सदस्य, पुँजी, कार्यक्षेत्र बिस्तार भएको, नयाँ नयाँ प्रविधिहरुको विकास, सहकारी ऐन, नियमावली, विनियमको साथै प्रशस्त नीति, नियमावली लागू गरिएको र सदस्यहरुको आर्थिक, समाजिक स्तर उकासिएको, महिला शसक्तिकरण लगायतका क्षेत्रमा छलाङ मार्न सफल भएको छ ।

भनिन्छ नि, एउटा साईकल चढेको यात्रु कुनै ठाँऊमा ठोकिन पुग्यो भने सामान्य चोटपटक मात्र लाग्ला, तर प्रति घन्टा १२० किमि को दरले कुदेको गाडी ठोकिन पुग्यो भने ठूलो दुर्घटना भई मान्छे बाच्ने सम्भावना न्यून हुन्छ । अहिलेका सहकारीको गति तिव्र छ । तसर्थ नीति, विधि र प्रविधिलाई पूर्ण रुपमा अवलम्वन गर्ने साकोसहरुलाई पक्कै समस्या नहोला, तर बाँकी संस्थाहरुको अवस्था के होला भन्ने समयले बताउछ ।

व्यक्तिगत लाभ एवं स्वार्थका लागि सहकारी संस्था वा संघमा संचालक र कर्मचारी हुने प्रवृत्तीले ठूलो दुर्घटना निम्त्याउछ । हालैका दिन यस किसिमको संकेत देखिएकाले यसतर्फ सरोकारवाला सचेत हुनुपर्ने आवश्यक्ता छ ।

अब संघ/संस्थामा कति पुँजी छ, कति सदस्य छन, कति तले घर छ, कर्मचारी कति छन भन्दा पनि कति गरिव एवं न्यून आय र विपन्न बर्गलाई सेवा पुर्याएका छन् भन्ने महत्वपूर्ण हुनुपर्छ । जसरी आमाले भात खाना आऊ बाबु भन्दा भात सँगै दाल तरकारी दुध, दहीलगायत समय अनुसारको खानेकुरा दिनुहुन्छ त्यसैगरी सहकारीले पनि गरिव, न्यून आय, विपन्न परिवारको आवश्यक्ता सम्बोधन गर्नुपर्छ । सुशासन देखिने कुरा होईन, यो पढाएर हिड्ने व्यक्तिले पनि अवश्य पालना गरेको छ भन्ने भ्रममा पनि पर्नु हुँदैन । आत्मवोध गर्ने विषय हो र यसको मुल्यांकन सतही आँखाबाट गर्न सकिदैन ।

स्वेच्छिक अवकाश लिनुको कारण :
२० वर्ष सेवा पुर्याएरनै अवकाश लिने सोच थियो । जव संघका तत्कालिन प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाद्धारा लिखित पुस्तक बिक्रिका लागि संघले अग्रिम भुक्तानी दिएको विषयले विवाद भयो मैले नैतिकताको आधारमा राजिनामा दिए । संघको सञ्चालक र लेखा समितिमा यो बिषय आएपनि मैले कुनै पनि विवाद गर्न चाहिन । मेरो स्वभावले पनि त्यसो गर्न दिएन । नैतिक, आर्थिक र चारित्रिक विषयमा म आफू स्पष्ट छु, यदी यसमा कसैले प्रश्न उठाउछ भने प्रमाण पुर्याएर सार्वजनिक गर्न चूनौति दिन चाहान्छु ।

आगामी योजना : 
सहकारी क्षेत्रमा भन्दा बाहिर गएर रमाऊन सक्दिन । प्रत्यक्ष एवं परोक्ष रुपमा यही क्षेत्रमा नै रहन्छु । तर, जागिरेको रुपमा कुनै पनि निकायमा संलग्न नहुने प्रण गर्दछु ।

यो पनि पढ्नुहोस् :संचालकसँगको विवादपछि नेफ्स्कूनको उच्च व्यवस्थापकहरुको राजीनामा