विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह

446

काठमाडौं । आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमवाट कर वीजकजारी गर्न करदाताहरुलाई आग्रह गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधि मण्डलसँग बुधबार भएको छलफलका क्रममाविभागले विद्युतीय माध्यमवाट कर वीजकजारी गर्नब्यवसायीलाई आग्रह गरेको हो ।

विभागले हालै एक सूचना प्रकाशनगरी १० करोडभन्दा बढीको कारोबार हुने करदातालाई विद्युतीय माध्यमवाट वीजकजारी गर्नआग्रह गरेको थियो । सोहीबिषयमा छलफलगर्न गएको महासंघको प्रतिनिधीमण्डलसँग विभागले विद्युतीय माध्यमवाट कर वीजकजारी गर्दा हुने फाइदाका बिषयमा समेत जानकारी गराएको थियो ।

छलफलका क्रममा विभागमा महानिर्देशक रितेश कुमार शाक्यले कर प्रणालीलाई समय सापेक्ष वनाउने क्रममा पछिल्ला दुई मध्ये एक आर्थिक बर्षमा १० करोडभन्दा बढीको कारोबार हुने करदातालाई विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न विभागले आग्रह गरेको बताए ।

त्यस क्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले विद्युतीय माध्यमवाट कर वीजकजारी गर्दा ब्यवसायीलाई पर्ने कठीनाइका बारेमा जानकारी गराएका थिए । उनले झण्झटिलो प्रकृयाका कारण ब्यवसायीलाई पर्ने असुविधालाई सम्वोधनगर्न विभागसँगआग्रह गरे ।

विभागले सुरुवाती चरणमा कुनै पनि बिषय अप्ठ्यारो लाग्नु स्वभाविक भए पनि यसलाई क्रमशः सहजिकरण गर्दै लजानुपर्ने खाँचो औंल्याए । विभागकातर्फवाट विद्युतीय माध्यमवाट कर वीजकजारी गर्दा ब्यवसायीलाई कुनै अप्ठ्यारो आइपरे विभागले सहजिकरण गर्ने प्रतिवद्धता समेत जनाइएको छ ।