सुन ल्याउन नयाँ तरिकाः टाँकमा लुकाएको भेटेपछि युवक पक्राउ

636

काठमाडौं –त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले अबैध सुन ल्याउने एक युवकलाई पक्राउ गरेको छ । दुवईबाट काठमाडौ आएका सुमन दमाईलाई बालबालिकाले लगाउने कपडाको बटममा लुकाएर ल्याएको सुन सहित त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको भन्सार कार्यालयले प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।

दमाइले साथमा लिएर आएको लगेज चेक गर्दा आएको लगेज चेक गर्दा बालबालिकाले लगाउने लुगाको बटममा ६० वटा सुनका रिङ भेटिएको भन्सार कार्यालय एयरपोर्टले जानकारी दिएको छ । सो सुन करिव १२५ ग्रामको रहेको भन्सार कार्यालयले जनाएको छ ।

भन्सारको नियन्त्रणमा रहेका दमाईले दुवईको एयरपोर्टमा एक अपरिचित व्यक्तिले आफन्तको बच्चाको लागि उपहार भन्दै सो सामान जिम्मा लगाएकोले आफुले ल्याइदिएको जानकारी दिएका थिए । यसअघि पनि भन्सार कार्यालयले बारम्बार विदेशबाट नेपाल आउने यात्रुहरुलाई अरुको सामान नल्याउनका लागि पटक पटक आग्रह गरिरहेको छ ।