मुस्ताङ नेपाली कांग्रेसको कव्जामा

302

काठमाडौ–मुस्ताङमा नेपाली कांग्रेसले ‘क्लीन स्वीप’ गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मतपरिणाम अनुसार मुस्ताङमा कांग्रेसले ’क्लिन स्विप’ गरेको हो । प्रतिनिधिसभामा कांग्रेसका २९ बर्षिय योगेश गौचन थकालीले जितेका छन् ।

उनले एमालेका प्रेमप्रसाद गौचनलाई पराजित गर्दै २९ वर्षीय योगेशले संसदको यात्रा तय गरेका हुन्। गौचनले ३ हजार ९९२ मत ल्याउँदा तुलाचनले ३ हजार ७८ मत पाए। यसैगरी प्रदेश क मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन्। गुरुङ एमालेका इन्द्रधारा विष्टलाई पराजित गर्दै प्रदेशसभाका लागि निर्वाचित भएका हुन्। नम्डुले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधाराले ७ सय ९३ मत पाए। विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए।

प्रदेश ख मा कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन्। एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेश सभामा निर्वाचित भएका हुन्। विकल कोरियाबाट फर्केर राजनीतिमा जोडिएका हुन्।