मिडियामाथि खनिँदै रविले भने–’देश चलाउने हो भने चुनाव लड्न आउनुहोस्’

296

काठमाडौं– रास्वपा अध्यक्ष रवि लामिछाने मिडियामाथि खनिएका छन्। सरकारबाट बाहिरिएको पार्टी निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले पत्रपत्रिकाले निरन्तर आफूमाथि प्रहार गरेको आरोप लगाए। झूटा शीर्षक राखेर आफूमाथि नियोजित प्रहार भएको उनले बताए।

उनले सम्पादकको काम पत्रिका चलाउने भएको बताउँदै देश चलाउने नभएको बताए। सम्पादकलाई पत्रिका चलाउन भन्दै उनले देश चलाउने भए आफूसँग चुनाव लड्न आउन चुनौती दिए।

उनले कान्तिपुरका सञ्चालक कैलाश सिरोहिया, अनलाइनखबरका सम्पादक शिव गाउँले, सेतोपाटीका सम्पादक अमित ढकाल, अन्न्पूर्णका सञ्चालक रामेश्वर थापाको नामै किटेर आफूसँग चितवन २ मा चुनाव लड्न आउन चुनौती दिए। उनले भने, “को को आउने हो चुनाव लड्न आउनुस्। सम्पादकहरू देश चलाउने होइन पत्रिका चलाउने हो। चितवन २ मा आउनुस् मसँग चुनाव लड्न।“

उनले भने,’कैलास सिरोहियाका छोराले गरेका अपराधहरु किन लुकाइयो ? कान्तिपुरदेखि तपाईहरु डराउनु भएको हो ? देश मिडियाले चलाउने होइन । यदी सत्य कुराहरु बाहिर ल्याएमा रवि लामिछाने सिद्धिन्छ भने सिद्धिन तयार छु । नेपाली पत्रकारिताले साहुलाई स्थापित गर्यो जनताको कुरा बाहिर ल्याएन । ‘