सुन तस्करीमा संलग्न १ चिनियाँ सहित ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती

199

काठमाडौ । उच्च अदालत पाटनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती दिएको छ । राजस्व अनुसन्धान विभागले बुधबार र विहिबार गरी ६ जनालाई एक क्वीन्टल सुन तस्करी गरेको आरोपमा विशेष सुराकीको आधारमा सुन सहित पक्राउ गरेको थियो । सुन तस्करीमा अरु पनि मुछिन सक्ने भएकोले पक्राउ परेकालाई अनुसन्धानका लागि म्याद थप गर्न राजस्व अनुसन्धान विभागले विहिबार उच्च अदालत पाटनमा विहिबार लगेको थियो ।
विहिबिार राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिक लिङ चुवानलाई समेत पक्राउ गरेको थियो । चुवानलाई नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो ।