विश्व लगानीकर्ता सप्ताहको छैठौ दिन ‘प्रभातफेरी’

224

काठमाडौ । नेपाल धितोपत्र बोर्डको निर्देशनमा धितोपत्र ब्रोकर एसोसिएसन नेपालले ‘विश्व लगानीकर्ता सप्ताह’को छैठौ दिन,प्रभातफेरीको गरेको छ । ‘लगानीकर्ताको लचकता, वित्तीय औजार, दिगो वित्त र लगानीको आधार’ भन्ने नारासहित मनाउदै गरेको विश्व लगानी कर्ता सप्ताहको छैठौ दिन बोर्डका अध्यक्ष रमेशकुमार हमालले प्रभातफेरीको उद्घाटन गरे ।

भृकुटीमण्डपबाट आयोजना भएको प्रभातफेरी कार्यक्रम शहीदगेट हुँदै न्युरोड—वसन्तुपुर पुगेर समापन गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष हमालले सकारात्मक सोचका साथ सवै क्षेत्र मिलेर अगाडी बढेमा मात्र देशको विकास सम्भव रहेको बताए ।

बोर्डले विश्व लगानीकर्ता सप्ताहको अवसरमा देशभर नै सचेतनामुलक कार्यक्रम र प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको छ ।