‘केशव बडाल सहकारी पत्रकारिता पुरस्कार’ दाहाललाई

249

काठमाडौं ।‘केशव बडाल सहकारी पत्रकारिता पुरस्कार’ खिलानाथ दाहाललाई प्रदान गरिएको छ । प्राकृतिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभामा संस्थाकी सल्लाहकार एवं राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले दाहाललाई पुरस्कृत गरेकी हुन् ।

बरिष्ठ उपाध्यक्ष मल्लले सो पुरस्कार सहकारी अभियन्ता केशव बडालको नाममा पत्रकारहरुको कामको सम्मानका लागि २०७५ सालमा स्थापना गरेकी हुन् । एक लाख एक हजार रुपैयाँको अक्षयकोष रहेको सो पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ । पुरस्कार हरेक बर्ष सहकारी क्षेत्रलाई विट बनाएर पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई दिइने गरे वरिष्ठ उपाध्यक्ष मल्लले जानकारी दिइन् ।

मल्लका अनुसार सहकारी क्षेत्रमा राष्ट्रिय सहकारी महासंघका पुर्व अध्यक्ष केशव बडालको सहकारी क्षेत्रमा विशेष योगदान रहेकोले उनको सम्मानका लागि यो पुरस्कार राखेकी हुन् ।