बोर्ड अध्यक्ष हमालको कार्यकाल सकियो तर पुरा भएन ७ काम

109

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल २२ महिनाको जिम्मेवारी पुरा गरी विदा भएका छन् । तत्कालिन अध्यक्ष भिष्मराज ढुङ्गानाको बर्खास्तीपछि बाँकी कार्यकालका लागि हमाल २०७८ साल फागुन ५ गते बोर्ड अध्यक्षको जिम्मेवारी सम्हाल्न आएका थिए । पुस २० गते हमालको कार्यकाल समाप्त भएको हो ।

कार्यकालको अन्तिम दिन उनले आफ्नो कार्यकालमा भएका कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् । कार्यकाल सकिनु अघि पुस ११ गतेदेखि १७ गतेसम्म एक साता अनिवार्य विदा पसेर हमाल पुस १८ गते काममा फर्किएका थिए । आफ्नो कार्यकालको अन्तिम दिनसम्म काम गरेर हमाल विदा भएका हुन ।

बोर्डमा अध्यक्षको रुपमा आफूले सुरु गरेको यात्राको क्रममा नेपालको दिर्घकालिन आर्थिक समृद्धिमा सहयोग हुने कयौ सकारात्मक सुधारका प्रयास सुरु भएको भनाई हमालको छ । स्टार्ट अप तथा उद्यमशिलता विकास र पूँजी निर्माणको सवलीकरण एवम् एसएमइ इको सिष्टमको माध्यमले एक नयाँ आयाम सिर्जना गर्ने विश्वास हमालको छ ।

हमालको कार्यकालमा दिर्घकालीन आर्थिक प्रभाव पार्ने विशिष्टीकृृत लगानीकोषको सुरुवात, एसएमईज प्ल्याटफर्मका लागि नियमावली तयारी गरी पेश, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । सूचीकृत कम्पनीहरूमा क्षेत्रगत विविधिकरणदेखि नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार अनुमतिका लागि प्रक्रिया अघि बढाइएको छ ।

ओपन इन्ट्रि एण्ड एक्जिटमार्फत नयाँ धितोपत्र दलाल व्यवसायीलाई अनुमति , बुक विल्डिङ प्रणालीमार्फत आईपीओ निष्कासन गर्न अनुमति , मर्जर तथा प्राप्तिका कारण लामो समय शेयर कारोबार रोकिने समस्याको अन्त्य र धितोपत्र दलाल व्यवसायीको शाखा विस्तारमा समेत हमालको कार्यकालमा चुस्तता ल्याइएको छ ।

धितोपत्र बजारमा लगानीकर्ता रहे मात्र बजारको अस्तित्व रहने बताउने हमालले आम लगानीकर्ताको हितमा आस्बा शुल्क कटौति, धितोपत्र सम्बन्धी कसुरहरूमा कारबाही, धितोपत्रको भित्रि कारोबारको अनुसन्धान र धितोपत्र व्यवसायीलाई कारबाही पनि हमालको कार्यकालमा इतिहासकै रेकर्ड ब्रेक भएको छ ।

समयमै वित्तीय विवरण नबुझाएका ८८ सूचीकृत कम्पनीहरूलाई एकै पटक कारबाही गरेका हमालले धितोपत्र सम्बन्धी कसुरमा अन्य २० कारबाही गरेका छन् । हमालको कार्यकाल अघि बोर्डको स्थापना कालदेखिकै इतिहासमा जम्मा १० कारबाही भएको थियो ।

बजारमा आपूर्ति कम गर्न सामूहिक लगानीकोषले सार्वजनिक निष्कासनमार्फत आरक्षणमा प्राप्त गरेको धितोपत्र बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म विक्री गर्न नपाउने व्यवस्था समेत हमालले गरेका छन् । साथै संस्थापक तथा अन्य समूहको शेयरको लक इन अवधि समाप्त हुनुभन्दा कम्तिमा ३० दिन अगाडी सरोकारवाला पक्षलाई जानकारी गराउनुपर्ने व्यवस्था समेत हमालले गरेका छन् । यी वाहेक गैर आवसिय नेपालीलाई धितोपत्र दोस्रो बजारमा भित्र्याउन आवश्यक व्यवस्था गरिएको छ ।

जलविद्युत कम्पनीको आईपीओ स्वीकति प्रक्रियामा भौतिक पूर्वाधारको कम्तिमा ६५ प्रतिशत कार्य सम्पन्न भएको प्रमाणित विवरण पेश भएपछि मात्र बोर्डले अन्तिम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको छ । संस्थापक लगानीकर्ताले लकइन अवधिपश्चा्त विद्युत विक्री गर्नका लागि अनिवार्य रुपमा विद्युतको व्यापारिक उत्पादन गरेको हुनुपर्ने व्यवस्था हमालकै कार्यकालमा भएका छन् ।

हमालको कार्यकालमा धितोपत्र व्यवसायीका कर्मचारीका लागि सर्टिफिकेसन प्रोग्राम सञ्चालन गर्न नीतिगत निर्णय भएको छ । स्वतन्त्र सञ्चालक सम्बन्धी विशेष व्यवस्था भएको छ । धितोपत्र व्यवसायी , सूचीकृत कम्पनीका लागि रिपोटिंग ढाँचाको समेत विकास गरिएको छ ।

धितोपत्र बजारको विकास र विस्तारका लागि हमालको कार्यकालमा ऐतिहासिक काम भएको लगानीकर्ताहरूले बताएका छन् । स्वतन्त्र पूँजीबजार संघका केन्द्रिय अध्यक्ष रोहन कार्कीले बोर्डका अध्यक्ष हमालको कामको मूल्याङ्कन समयले गर्ने बताएका छन् ।

नेपालको पूँजीबजारलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउन नयाँ स्टक र गैरआवसिय नेपालीलाई स्वागत गर्नुपर्नेमा कार्कीले जोड दिएका छन् । लगानीकर्ताको हित र पूँजीबजार विकासको ऐतिहासिक कार्यको निम्ति उनले अध्यक्ष हमाललाई धन्यावाद समेत दिएका छन् ।

उनले साना तथा मझौला कम्पनीको धितोपत्र निष्काशन तथा कारोवार सम्बन्धी नियमावली तयार भएपनि सरकारकाे स्वीकृत नदिदा कार्यान्वयनमा ल्याउन नसकेकाे, धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी महत्वपूर्ण मौजुदा तथ्याङ्क एवं जानकारीहरुको समूचित अभिलेख व्यवस्थापन तथा बोर्डमा प्रयोग भैरहेका र भविष्यमा प्रयोग हुने विभिन्न प्रणालीहरुको व्यवस्थापन गर्न बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने कार्य गर्न नसकिएकोल डिजिटल प्ल्याटफर्म पेपरलेस प्रशासन सिष्टम लागु गर्न नसकिएको ।

त्यस्तै धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिबेक्षण गर्न अन्तर्राष्ट्रिय रुपमा प्रयोग भैरहेका आर्टिफिसियल इन्टेलिजेन्समा आधारित एकीकृत वास्तविक समय सुपरिबेक्षण प्रणालीको विकास तथा कार्यान्वयन ल्याउन नसकिएको, बोर्डमा प्राप्त हुने गुनासो र उजुरीहरुको प्रभावकारी समाधानको व्यवस्था गर्न मोबाइल एप सहितको केन्द्रिकृत गुनासो सुनुवाई प्रणाली को व्यवस्था गर्न नसकिएको, बोर्डको जग्गा खरिद तथा प्राप्त गर्ने र भवन निर्माण गर्ने कार्य गर्न सकेनन्र ।

नयाँ धितोपत्र औजारहरुको संचालनका लागि सहजीकरण गर्न आवश्यक नीतिगत, प्रक्रियागत तथा संस्थागत व्यवस्था गर्ने क्रममा मार्जिन लेन्डिगं सम्बन्ध अध्ययन भईसकेको भएतापनि पूर्ण कार्यान्वयनमा मार्जिन कारोबार सर्ट सेलिङ, इन्ट्रा डे ट्रेडिङ, अक्युसन मार्केट र सेक्युरिटी लेन्डिङएण्ड बरोइङको व्यवस्था गर्न सकेनन् भने सूचीकृत संगठित संस्थाको स्वतन्त्र संचालक नियुक्ति सम्बन्धी कार्यविधि एवं धितोपत्र व्यवसायीको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका बनाई कार्यान्वयनमा ल्याउन नसकेकाे पनि हमालले जानकारी दिए ।