ऋण हिनामिना गरेको आरोपमा पुर्व प्रधानमन्त्रीका भान्जा पक्राउ

143

काठमाडौ । ऋण हिनाविना गरेको आरोपमा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालका भान्जा तथा प्रभू बैंकका नायव प्रमूख कार्यकारी अधिकृत मनोज न्यौपाने सहित ११ जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी)ले सेन्चुरी बैंकमा रहदा ऋण हिनाविना गरेको भन्दै पक्राउ गरेको हो । पक्राउ पर्नेमा तत्कालिन सेन्चुरी कमर्सियल बैंकका प्रमूख कार्यकारी अधिकृत तुलसीराम गौतम पनि रहेका छन् ।

त्यस्तै हाल प्रभु बैंकमा कार्यरत चारजना उच्च तहका कर्मचारीहरु समेत रेहको सिआइवीले जनाएको छ । सिआइवीका अनुसार प्रभू बैंकका बहालवाला कर्मचारीमा दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी छन् ।
उनीहरु चारैजना सेन्चुरी कमर्सियल बैंकबाट प्रभू बैंकमा गाभिएसँगै गएका हुन् ।

सेन्चुरी बैंकमा गौतमले छोडेपछि न्यौपाने सिइओ थिए । तर प्रभुमा गाभिएपछि न्यौपाने डिसिओ बनेर गएका थिए । न्यौपानेलाई प्रभु बैंकको आगामी सिइओको रुपमा लिइएको थियो ।