स्थायी निक्षेप सुविधाले नधानेपछि ५० अर्बको निक्षेप संकलन उपकरण

35

काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले विहिबार ५० अर्ब रुपैया प्रशोचन गर्ने भएको छ । साताको दुई दिन नियमित रुपमा स्थायी निक्षेप सुविधाबाट तरलता तान्दै आएकोमा त्यसले नधानेपछि निक्षेप संकलन उपकरण जारी गरेको हो ।

बोलकबोलमा जारी हुने निक्षेपमा लगानी गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । १४ दिन अवधिको उपकरणको साँवा र ब्याज भुक्तानी चैत ८ गते हुनेछ ।

यस निक्षेप संकलन उपकरणमा बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।