सात महिनामा भित्रियो साढे ८ खर्ब रेमिट्यान्स

140

काठमाडौ । चालु आर्थिक बर्षको सात महिनामा ८ खर्ब ३९ अर्व रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । यो २१.६ प्रतिशतले बृद्धि हो । गत बर्षको सोही अबधिमा २७.१ प्रतिशतले रेमिट्यान्सको आप्रवाह बढेको थियो ।

त्यस्तैगरी सात महिनामा चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४० अर्ब १६ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको डाटा अनुसार खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोड रुपैयाँले धनात्मक रहेको छ गत अर्थिक बर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड रुपैयाँले धनात्मक रहेको थियो । त्यस्तै यस अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको थियो ।