चैंतमा बैंकको ब्याजदर : संस्थागत बढ्दा व्यक्तिगत घट्यो

114

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चैत महिनाका लागि ब्यक्तिगत बचतकर्ताको लागि ब्याजदर घटाएर संस्थागत निक्षेपकर्ताको लागि भने बढाएका छन् । नेपाल राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर कम गर्न निर्देशन दिएपछि बैंकहरुले संस्थागत निक्षेपको ब्याजदर बृद्धि गरेका छन् ।

तर, चैत महिनाका लागि ब्यक्तिगत बचतको ब्याजदर भने घटेको छ । २० वटा बाणिज्य बैंकहरुमध्ये १७ वटाले चैतको लागि ब्याजदर घटाएका छन् । अधिकांश बैंकले ब्याजदर घटाउदा एनआइसी एशिया बैंकले भने बृद्धि गरेको छ । बैंक डुब्न लागेको हल्लाले निक्षेप घटेपछि बैंकले ब्याज बढाएको हो ।

यसैगरी प्रभु र ग्लोवल आइएमईले पनि चैतका लागि व्यक्तिगत बचतको ब्याजदर यथावत कायम गरेका छन् । दुवै बैंकले संस्थागत निक्षेपको ब्याजदर भने बढाएका छन् ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता देखिदै आएको छ । निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह नहुँदा बैंकहरुसँग अधिक तरलता छ । जसको कारण केही महिनायता बैंकहरुले लगातार ब्याज घटाउदै लगेका छन् ।

तरलता सहज हुन थालेपछि नेपाल बैंकर्स संघले चालू आर्थिक वर्ष (२०८०/८१ ) को साउनदेखि भद्र सहमति अन्त्य गर्दै आफुखुशी ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेको थियो । त्यसपछि ब्याजदर लगातार घटिरहेको छ ।

कुन बैंककाे ब्याजदर कति ?