न्यारोबडी भाडामा लिने प्रकृयाको बारेमा स्पष्टीकरण पेश गर्न संसदीय समितिको निर्देशन

117

काठमाडौं । छलफलपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपाल वायुसेवा निगमलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । सोमबार समितिको बैठकले निगमले भाडामा २ वटा न्यारोवडी जहाज लिने प्रकृया अगाडी बढाएको बारे स्पष्टीकरण पेश गर्न समितिले निर्देशन दिएको हो । त्यस्तै समितिले निगमलाई चित्तबुझ्दो जवाफ नआएर छानविन गर्ने समेत बताएको छ ।

समितिका सभापति राजकिशोर यादवका अनुसार न्यारोबडी जहाज भाडामा लिने प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको भनी निगमले समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको हो ।

‘निगमले पठाएको जवाफपछि समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन पनि गर्न सक्ने छ ।’ यादवले भने । त्यस्तै समितिले निगमलाई भाडामा लिन लागेको सम्पुर्ण प्रकृयाबारे समितिमा स्पष्ट कुराहरु पेश गर्न तथा न्यारोबडी जहाज खरिदपछि बनाएको व्यवसायिक योजना पनि पेश गर्नु निर्देशन दिएको छ ।

निगमलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षाका लागि सोधिएको २७ बुँदामा २२ वटा काम भइसकेको निगमको दाबी छ । निगमले हवाई उड्डयनका क्षेत्रमा कमजोरी गरेको भन्दै प्राधिरकरणले १३ चैत निगमलाई ७ दिने स्पष्टीकरण सोधेको छ ।