एमाले सहकारी विभाग प्रमूख अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त

101

काठमाडौं । नेकपा एमालेका सहकारी विभाग प्रमूख खगराज अधिकराी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई बहुमतको आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई भट्टले मुख्यमन्त्री नियुक्त गरेका हुन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा नेकपा एमालेका २२, माओवादीका सभामुखसहित ८ र एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे)सहितको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन् ।