अर्को व्यवस्था नहुन्जेल शाक्य सेवोनको अध्यक्ष

59

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न नसकेपछि कार्यकारी अध्यक्षको जिम्वेवाारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् । अर्थमन्त्री बर्षमान पुन बोर्डको अध्यक्ष नियुक्त नै नगरी विश्व बैंकको बैठकका लागि अमेरिका हिडेपछि तत्कालका लागि बोर्डको अध्यक्षको जिम्वेवारी शाक्यले पाएका हुन् । शााक्य अर्थमन्त्रालयबााट बोर्डमा सदस्यको रुपमा प्रतिनिधित्व गरिरहेका छन् ।

धितोपत्र सम्बन्धी शंसोधित ऐन २०६३ मा, ‘अध्यक्षको पद रिक्त भए नेपाल सरकारले निजलाई पदबाट हटाए वा निज निलम्बनमा परी बोर्डको कामकाज गर्न नमिल्ने भए बोर्डमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षको हैसियतमा काम गर्ने छ ।’ उल्लेख गरिएको छ । सोही अनुसार शाक्यले तत्कालका लागि बोर्डको अध्यक्षता गर्न सक्नेछन् ।

यसअघि सरकारले बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीलाई निमित्त अध्यक्षको जिम्मा दिएको थियो । रमेशकुमार हमालले कार्यकाल सकेर बाहिरिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।
अर्थमन्त्री पुन नेपाल फर्किएपछि अध्यक्षको नियुक्ती प्रकृया अगाडी बढ्ने अर्थमन्त्रालयले जनाएको छ ।