सी.जी. फुड्समा भएको घटनाप्रति सिएनआइले भन्योः ‘घटनामा संलग्नलाई कारबाही गर’

45

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले सी.जी. फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गत शुक्रबार अज्ञात समुहले चौधरी उद्योगको सिजि फुड्समाथि भएकोा घटनाको अइतबार विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो । सिएनआाईले घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि सरकारसमक्ष माग गरेको छ ।

सिएनआाइले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘हालको विषम परिस्थितीमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’