सिविफिनका अध्यक्ष पौडेलाई मातृशोक

94

काठमाडौं । बैंक तथा वित्तिय नबिल बैंक संस्था परिसंघ तथा नविल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र पौड्याललाई मातृशोक परेको छ । उनकी आमा सोमना पौड्यालको ८१ बर्षको उमेरमा आइतबार बिहान चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचार क्रममा निधन भएको हो । उनका उपेन्द्र सहित ३ छोरा २ छोरी छन् । उनीहरूमध्ये नबिल बैंक अध्यक्ष पौड्याल जेठा हुन् । दुई वर्षअघि पौड्यालका पिता मधुसूदन पौड्यालको निधन भएको थियो ।