कोरोना पछिको पुननिर्माण कार्यक्रम : फेरी पछाडी फर्कने होइन ( प्रो. मोहम्मद यूनुसको विचार)

915

कोरोना महामारीकोकारण विश्वभर गम्भीर त्रास सृजना भएको छ । अकल्पनीय क्षति भएको छ । सकारात्मक भएर सोचौँ निराशा तिर मात्र नफर्कौ । क्षतीका वावजुद कोरोनाले अवसरहरु पनि ल्याएको छ । अहिले पुरै विश्वले एउटा बृहत प्रश्नलाई संम्वोधन गर्नु आवश्यक छ । अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने होइन । यसको उत्तर हामी लाई थाहा छ । पुनर्उत्थान प्रक्रिया कसरी अगाडी बढाउने भन्ने जानकारी हामीलाई छ ।
अहिलेको विश्वमा हामीले सम्वोधन गर्नु पर्ने अहंम सवाल भनेको के हामी विश्वलाई कोरोना अघिकै अवस्थामा फर्काउदैछौं वा हामी विश्वलाई पुनंर्सरचना गर्दैछौं ? निर्णय गर्ने वेला आएको छ । निर्णय हामीले नै गर्ने हो । हामी सवैले महशुस गरेर आएको हो कोरोना महामारी अघिको विश्व उपयुक्त थिएन, ठिक बाटोमा हिडेको थिएन । कोरोना भाइरस सवैलाई थर्कमान वनाउने समाचार नबनुन्जेल विश्वलाई पर्ने भयावह स्थितिलाई लिएर हामी चिच्याइ रहेका थियौँ ।

जलवायुप्रदुषणबाट आई पर्ने दुर्घटना वा बिपतीका कारणले सिंगो पृथ्वी नै मानव अस्तित्वका लागि अनुकूल नरहने हो भनेर हामी दिन गन्ति गरेर बसेका थियौँ । मानवीय स्वार्थतपूर्ण क्रियाकलापवाट व्यापक रुपमा फैलिएको बेरोजगारी एउटा कठिन चुनौति वन्दै थियो । केही ब्यक्ति वा ठाउँमा धन सम्पतिको केन्द्रिकरण हुँदै जानुका कारण हामी विस्फोटक अवस्था तिर पुग्दैथियो । हामी एक अर्कालाई सम्झना दिलाई रहेका छौं कि यो २००० को दशक नै सुधारको अन्तिम अवसर हुनेछ । यो दशक पछि हाम्रा सवै प्रयासहरुले पृथ्वीलाई जोगाउन खोजे पनि न्यून परिणाम मात्र दिनेछन् ।

प्रो. मोहम्मद यूनुस

के हामी अझै पहिलेकै अवस्थामा फर्कने त ?
निर्णय हामी आफैँले गर्नु छ । कोरोना महामारीले पुरै विश्वको सन्दर्भ तथा गणितलाई अप्रत्याशित रुपमा परिवर्तन गरेको छ । यस अघि अस्तित्वमा नरहेका प्रबल सम्भावनाहरु उजागर गरेको छ । हामी अकस्मात एउटा नयाँ चरणमा पुगेका छौँ । एउटा अविश्वसनीय स्वतन्त्रताका साथ हामी आफूले चाहेको गन्तव्य पहिल्याउन अवस्थामा छौं । आर्थिक कृयाकलाप पुनर्संचालन गर्नु अघि हामीले कस्तो आर्थिक प्रणाली वनाउन चाहेका हौँ भन्ने बिषयमा एकमत हुनु जरुरी छ । सबैभन्दा पहिले हामीले अर्थ व्यवस्थालाई एउटा साधनको रुपमा बुझ्नु पर्छ । यसले हामीलाई हाम्रो लक्ष्यमा पुग्न सहजीकरण गर्छ । अर्थ व्यवस्था कुनै अलौकिक शक्तिले हामीलाई सजाय दिन थापेको पासो जस्तो हुनुभएन । यो हामी आफैले बनाएको औजार हो । यसमा हामी सजग हौँ । हामी सबैले खुशिको उच्चतम अनुभुति हुने तहसम्म नपुगुन्जेल यसलाई पुनः पुनः पुर्नसंरचना गरिरहनु अनिवार्य हुन्छ । हामीले जान खोजेको गन्तव्यतर्फ अहिलेको अर्थ व्यवस्थाले लान खोजी रहेको छैन भन्ने कुरा कुनैपनि समयमा महशुस भयो भने हामीले बुझ्नुपर्छ की हामीले प्रयोग गरि रहेको हार्डवेयर (सामान वा औजार) अथवा सफ्टवेयर (कार्यक्रम वा प्रणाली) मा समस्या छ र तुरुन्त समाधान खोज्नु पर्छ । हामीले हाम्रो सफ्टवेर वा हार्डवेयरले काम गर्न दिएन भन्ने दोष दिएर पन्छिन मिल्दैन । यस्तो गर्नु अक्षम्य भुल हुन जान्छ । यदि हामीले कार्वन उत्सर्जन शुन्य गर्न खोजेको हो भने यसका लागी उपयुक्त र सही हार्डवेयर र सफ्टवेर बनाउनुपर्ने हुन्छ । यदि हामीले शुन्य बेरोजगारी युक्त विश्व निर्माण गर्न खोजेको हो भने पनि हामीले यी दुबैलाई सही तरिकाले प्रतिपादन गर्नु पर्छ । यदि हामीे अहिले जस्तो सिमित ठाउँमा वा सिमित ब्यक्तिमा अधिक धन थुप्रिने व्यवस्था चाहदैनौँ भने सही मार्ग अपनाउनुपर्छ । यो सबैउपयुक्त हार्डवेयर तथा सफ्टवेयर बनाउनुमा निर्भर रहन्छ । उपयुक्त हार्डवेयर तथा सफ्टवेयर बनाउने सामथ्र्य हामीमा छ । जब मानिसले केही गर्न चाहन्छ त्यो गरेरै छाड्छ । मानिसको लागि असम्भव भन्ने केहि छैन । यो ज्यादै खुशिको कुरा हो कि कोरोना संकटले हामीलाई नयाँ शुरुवात गर्ने असिमित अवसर प्रदान गरेको छ । यति बेला हामीे अर्थ व्यवस्थाको हार्डवेयर र सफ्टवेयरहरु पुरै नयाँ तरिकाले तयार गर्न सक्छौँ ।
कोरोनापछिको पुर्नसंरचना योजनाः सामाजिक तथा वातावरणीय चेतनामा आधारित हुनु पर्छ ।

उर्पयुक्त सन्दर्भमा अहिलेको अवस्थामा एउटा सर्वसम्मत विश्व घोषणा हुनुपर्छ : “हामी पुनः पहिलेकै अवस्थामा फर्कन चाहदैनौ । हामी पुनर्रुत्थानको नाममा पुरानै खाल्डोमा जाकिन चाहान्नौँ ।” हामीले यसलाई अब ‘पुनरुत्थान कार्यक्रम’ भन्नू उपयुक्त हुँदैन । हाम्रो उदेश्य स्पष्ट बनाउन हामीले यसलाई पुनर्निर्माण कार्यक्रम भन्न सक्छौं । यसलाई सम्भव बनाउनका लागि व्यवसायिक क्षेत्रलाई मुख्य भूमिका निर्वाह गर्न दिनुर्पछ । कोरोना पछिको पुनर्निर्माण कार्यक्रमले घ सामाजिक तथा वातावरणीय चेतना वृद्धिको मुद्धालाई केन्द्रविन्दु वनाउनुपर्छ । यसलाई हरेक नीति निर्माण तहले ध्यान दिनुपर्छ । हाम्रो कार्यक्रमलाई हामी पुर्नउत्थान होइन पुनर्निर्माण कार्यक्रम भन्छौ । यसलाई सार्थक बनाउन व्यवसाय वा उधोगहरुलाई मुख्य भूमिका निर्वाह गराइनेछ ।

पूरानो प्रणाली भन्दा यसमा के फरक हुन्छ भन्ने कुनैपनि निर्णय गर्दा सामाजिक तथा वातावरणीय पक्षलाई केन्द्र विन्दुमा राखी गर्नेछ । यसका लागि कुनै पनि देशको सरकारले यकीन गर्नु पर्छ कि व्यवसाय क्षेत्रमा लगानी गर्दा उच्चतम वातावरणीय तथा सामाजिक हितको संरक्षण नहुदा सम्म कति पनि सुविधा वा रकम कसैलाई दिइने छैन । साथै पुनर्निर्माण सम्बन्धी सबै कार्यहरु सामाजिक, आर्थिक तथा वातावरणीय चेत सहितको अर्थतन्त्र निर्माण उन्मुख हुनु र्पछ ताकी सबै समाज, मुलुक एवं विश्वले नै रुपान्तरणको महशुष गरोस् ।
समय अहिले हो ।

हाम्रो पुनर्निमार्णको काम सामाजिक भावले पे्ररित योजना सहित प्रारम्भ हुनु पर्छ । योजनाहरु तर्जुमा गर्ने काम अहिलेकै चरम संकटको घडीमा शुरु हुनुपर्छ । संकट टरेपछि योजना तर्जुमा गर्दा हडवढाहटमा पुरानै तौर तरिका र विचार अनुसार नै हुन जान्छ । पुरानै अनुभव, विचार तथा नजिरहरुको चाङ लाग्न थाल्छ । नवीन विचार तथा प्रयासहरुलाई अप्रमाणीत नीति भन्दै पाखा लाउने काम हुन जान्छ । जुन वेला हामीलेओलम्पिक गेम सामाजिक व्यवसाय हुनुपर्छ भन्ने प्रस्ताव ग¥यौँ विपक्षीहरुले यस्तै तर्क गरे । तर अहिले २०२४ को पेरिस ओलम्पिक उत्साहजनक रुपमा सामाजिक व्यवसायको रुपमा डिजाइन गरिदैछ । त्यसैले हामीले हतारमा काम शुरु गर्नु भन्दा अगाडी नै तयार हुनुपर्छ र त्यो समय अहिले हो ।

सामाजिक व्यवसाय
पुनर्निर्माणको योजनामा मैले नयाँ स्वरुपको व्यवसाय – सामाजिक व्यवसाय वा उधोग बनाउन प्रस्ताव गरेको छु । यो पूर्णतः समुदाय वा समाजको समस्या समाधान उन्मुख उधोग वा व्यवसाय हुन्छ । यसमा लगानीकर्ताले सुरुमा आफुले लगानी गरेको पुजी सुरक्षण गर्ने बाहेक थप ब्यक्तिगत फाइदा अथवा मुनाफा लिदैन । लगानीकर्ताको आफ्नो लगानी उठेपछि बचेको मुनाफा व्यवसाय वृद्धि तथा विकासमा लगाइन्छ ।
सरकारहरुसँग नयाँ तरिकाले सामाजिक उत्तरदायित्व वहन गर्ने उधोगलाई प्राथमिकता, बढावा तथा प्रवद्र्धन गर्ने थुप्रै अवसरहरु हुनेछन् । साथै आवश्यकता परेका बेलामा एकै पटक, एउटै आकारमा, जहाँसुकैपनि सामाजिक व्यवसाय वा उधोग प्रवद्र्धन गर्न सकिन्छ भन्ने अपेक्षा पनि गर्नु हुँदैन । सामाजिक व्यवसाय संचालनमा आउन केही समय लाग्ने ठाउँहरुमा सरकारले विपन्न तथा बेरोजगारको भलाईका लागि हाल संचालन भै रहेको कल्याणकारी कार्यक्रम, लघुवित्त कार्यक्रम, स्वास्थ्य सेवा, अत्यावश्यक सेवा क्षेत्रको पुनरुत्थान तथा अन्य व्यापार व्यवसाय क्षेत्रलाई सघाउनेयोजनाहरु ल्याउनु आवश्यक हुन्छ । सामाजिक व्यवसाय शुरुवात गर्नका लागि सरकारले केन्द्र देखि स्थानीय स्तरसम्म सामाजिक व्यवसाय पूँजीकोष स्थापना गर्न सक्छ । यसका लागि निजी क्षेत्र, प्रतिष्ठानहरु, वित्तीय संस्थाहरु, लगानीकोष लगायत सबैलाई सामाजिक विकासका लागि उत्प्रेरित गर्न सक्छ । सामाजिक उद्योग पुँजीकोष बनाउन परम्परागत कम्पनीहरु आफैले सामाजिक व्यवसाय शुरु गर्न अथवा साझेदार बन्न उत्साहित गर्नु पर्छ । व्यापारी तथा व्यवसायीहरुलाई पनि या त आफैसामाजिक व्यवसाय स्थापना गर्न वा अरु सामाजिक व्यवसायी सँग साझेदारीमा सामाजिक उधोग सिर्जना गर्न प्रोत्साहन गर्नु पर्छ । पुर्ननिर्माण कार्यक्रम अन्तरगत सामाजिक उधोग प्रर्वद्धन गर्न सरकार आफँैले पनि लगानी गर्न सक्छ अथवा व्यवसायीक कम्पनीहरुलाई किनेर अथवा उनिहरु सँग सहकार्य गरेर सामाजिक व्यवसायमा परिणत गर्न सक्छ । केन्द्रीय बैंकलेपनि यस्तोव्यवसायलाई अरु वित्तीय संस्था सरह शेयर बजारमा सूचिकृत गरी पूँजी प्राप्त गर्न अनुमति दिन सक्छ । पुनर्निर्माणको बेला धेरै अवसरहरु सृजना हुन्छन । यस्तो अवसरको सदुपयोग गर्न सरकारले सामाजिक व्यवसाय स्थापनामा धेरैभन्दा धेरैलगानीकर्ताहरुलाई समेट्नुपर्छ ।

को हुन् सामाजिक व्यवसायका लगानीकर्ताहरु ? उनीहरुलाई कहाँ खोज्ने ?
लगानीकर्ताहरु जताततै छन् । हामी उनिहरुलाई देख्न सक्दैनौँ किन भन्ने हाम्रो वर्तमान अर्थ व्यवस्थाको पाठ्यपुस्तकहरुले उनिहरुको अस्तित्वलाई चिन्दैन । त्यसैले हामी पनि उनिहरुलाई देख्न सक्दैनौँ । हालैमात्र अर्थशास्त्रको केही नयाँ पाठ्यक्रममा सामाजिक व्यवसाय, सामाजिक उद्यमशिलता, प्रभावमुखी लगानी, गैर नाफामुलक संस्था जस्ता विषयहरु सहायक मुद्याको रुपमा समावेश हुन थालेको छ ।
जबसम्म अर्थशास्त्रलाई एउटा मुनाफा वृद्धि गर्ने विज्ञानका रुपमा मात्र हेरिन्छ । तबसम्म सामाजिक व्यवसाय र वातावरणीय पक्षहरुलाई ध्यान दिने पुनर्निर्माण कार्यक्रमहरु अगाडी बढन सम्भव देखिदैन । अवको रणनीति अर्थतन्त्रमा वृद्धिका साथै त्यसमा सामाजिक व्यवसायको अनुपातलाई बढाउन ध्यान दिनेहुनुपर्छ । अर्थतन्त्रमा सामाजिक व्यवसायको सफलता देखिन अर्थतन्त्रमा यस्तो व्यवसाय वा उद्योगहरुको अनुपात वृद्धि हुनुपर्छ । साथै एउटै उद्यमीले नाफा सहितको र नाफा रहित सामाजिक उधोगहरु संग संगै संचालन गर्नेको संख्या तिव्र गतिमा बढाउनु पर्छ । यसो भएमा सामाजिक तथा वातावरणीय चेतनायुक्त अर्थ व्यवस्था शुरुवात भएको मान्न सकिन्छ । यस ऐतिहासिक अवसरबाट फाइदा उठाउन विश्वका विभिन्न देशका सरकारहरुले अहिलेको विश्वको आवश्यक्तालाई ध्यान राखी व्यवसायी र लगानीकर्ताहरुलाई उच्च स्थान दिई पुननिर्माण कार्यक्रममा अग्रसर हुने आव्हान गरेमा सामाजिक व्यवसाय संचालकहरु र यसमा लगानी गर्नेहरु उत्साहर्पुवक लाइन लागेर अगाडी आउने छन । यस्तो सामाजिक उधमीहरुको समुदायमा साना मसिना उधमी तथा लगानीकर्ता मात्र हुने छैन । ठूलाठूला वहु–राष्ट्रिय कम्पनीहरु, ठूलाठूला सामाजिक कोषहरु, संस्थागत निकायहरु, ट्रष्टहरु, फाउन्डेसनहरु ठूलठूला अन्तराष्ट्रिय र राष्ट्रिय सामाजिक व्यवसाय संचालन गरी अनुभव र नामै कमाएका संस्थाहरु र प्रतिभावान कार्यकारी प्रमुखहरु समेत समावेश हुनेछ र एउटा नयाँ प्रणालीको निर्माण हुनेछ । जब सामाजिक उद्यमशीलताको अवधारणाले सरकारहरुको ध्यान तान्न थाल्नेछ धेरै व्यक्तिगत फाइदा र नाफा मात्र हेर्ने दिगज व्यवसायीहरु पनि विस्तारै आफ्नो प्रतिभा सहित सक्षम र सफल सामाजिक उद्यमी बन्ने तिर लाग्न लालायित हुने छन् र जलवायु परिवर्तन, बेरोजगारी तथा पँुजीको केन्द्रिकरणको कारण उत्पन्न आर्थिक मन्दी तथा सामाजिक द्धन्द निवारणमा महत्त्वपूर्ण भूमिका खेल्न अगाडी आउनेछन् ।

मानिस जन्मले नै उद्यमी हुन, अरुको कामदार होइन
पुनर्निर्माण कार्यक्रमको माध्यमबाट सरकार र नागरिक बिच कामको परम्परागत विभाजन तोड्नुआवश्यक छ । नागरिकको दायित्व उसको परिवारको हेरविचार गर्ने र कर तिर्ने होर सरकारको दायित्व जलवायु परिवर्तन, रोजगारी, स्वास्थ्य, शिक्षा, खानेपानी लगायत साझा समस्याहरुको समाधान गर्ने कार्यहरु गर्नु हो भन्ने मान्यता रहि आएको छ । पुनर्निर्माण कार्यक्रमले राज्य र नागरिक बिचको यस्तो विभाजन रेखालाई तोड्न जरुरी छ र सबै नागरिकलाई अगाडी आएर आफ्नो प्रतिभा तथा क्षमता अनुसार सामाजिक उद्यमशीलताट सिर्जना गरेर समस्या समाधानकर्ता भएर काम गर्न प्रोत्साहित गर्नु पर्छ । बढी भन्दा बढी संख्यामा त्यस्तो व्यवसायी बढाउन र व्यापक वनाउन सकेमा यस्तो व्यक्तिहरुको सानो प्रयासहरुले पनि समष्ठिगतमा एउटा वृहत राष्ट्रिय अभियानको रुप लिन्छ । सामाजिक उद्यमीहरुबाट तत्कालै सम्वोधन गर्न सकिने एउटा समस्या भनेको अर्थतन्त्र धरासय भएको कारणबाट सिर्जना भएको बेरोजगारी हो । सामाजिक उद्यमका लागनीकर्ताहरुले यस क्षेत्रमा लगानी गरेर बेरोजगारलाई उधमीमा रुपान्तरण गर्न सक्छन । मानिसहरु जन्मले नै उद्यमी हुन्, काम खोजेर हिडने कामदार होइन भन्ने देखाउन सक्छन् । सामाजिक उद्यमहरुले सरकारी प्रणालीसँग सहकार्य गरी स्वस्थ र सक्षम स्वास्थ्य प्रणाली निर्माणमा पनि संलग्न हुन सक्छ । सामाजिक व्यवसायको लगानीकर्ता एउटा व्यक्ति नै हुनुपर्छ भन्ने जरुरी छैन । लगानी कोष, फाउन्डेशन, ट्रष्ट, सामाजिक उद्यमशीलता व्यवस्थापन कम्पनी जस्ता संघसंस्थाहरुले पनि लगानी गर्न सक्छन । नाफा उन्मुख कम्पनीका धनीहरुसँग कसरी राम्रो सम्बन्ध कायम गर्ने र सहजीकरण गरी सँग सँगै काम गर्ने भन्ने तरीकाहरु सामाजिक व्यवसाय सम्बन्धित संघ संस्थाहरुलाई राम्ररी थाहा छ ।

सरकारहरु लगायत सबै जनमानस अहिले कोरोनाबाट भएको क्षती र विपतिबाट कसरी उन्मुक्ति पाउने भन्ने सोच र सन्तापमा सबै डुबेको छन् । नयाँ ढंगले काम गर्ने बेला यही हो । यसका लागि सरकारहरुबाट पुर्ननिर्माणमा सहभागी हुन नयाँ सामाजिक व्यवसाय र उद्योगहरु सुरुवात गर्न सबै व्यवसायी, लगानीकर्तालाई एउटा आव्हान गर्नुपर्छ । उनीहरुलाई प्राथमिकता दिने छ भन्ने नीतिगत घोषणा गर्नुपर्छ । यस्तो घोषणाले ठूलो मान्यता राख्छ । अनुमान नै नगरेको संख्यामा नयाँ नयाँ कार्यहरु, व्यवसायहरुको उदय हुन थाल्छ । के महिला, के पुरुष, के युवा, के प्रौढ सबैले यस नयाँ पुननिर्माण कार्यक्रममा उत्साहित भएर सहभागी हुनेछन् । नेतृत्वको लागि यो एउटा परिक्षण र अवसर पनि हो ।

हामीसँग सुरक्षित हुने ठाउँ हुने छैन
यदि हामीले कोरोनापछि सामाजिक तथा वातावरण सचेत कार्यक्रमहरु ल्याउन सकेनौ भने कोरोनाको भन्दा धेरैगुणा ठुलो विपत हाम्रो अगाडी आउनेछ । हामी कोरोनाबाट आफ्नो घर बचाउन सकौला तर अहिले विश्वलाई नै पिरोलिएको जल्दाबल्दा सवालहरुलाई सम्वोधन गर्न सकेनौ भने आक्रान्त मानव जगत र रिसाएको प्रकृतिबाट बच्न संसारभर कुनै ठाउँ हुनेछैन ।