वाइवाई चाउचाउ खादा क्यान्सर हुने जोखिम, चौधरी ग्रुपले तिर्यो २ लाख जरिवाना

67

काठमाडाै । काठमाडौ नगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैया जरिवाना तिराएको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि महनगर अन्तर्गतको कृषि तथा पशुपन्छी विभागले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गराएको हो ।

महानगरपालिकाले वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेपछि गत बैशाख ७ गते परिक्षणको लागि प्रयोगशालामा पठाइएको थियो ।

२०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने व्याच नं. ब्ीरथ्ीद्दघ का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएको थियो । यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट ११ गते प्राप्त भएको हो ।

प्रयोगशालाको रिपोर्ट आउनु अघि स्थलगत अवस्थाको प्रतिवेदन दिँदै खाद्य प्राविधिक अनिल बस्नेत र अशोक पराजुलीले, निम्न गुणस्तरको तेल प्रयोग गरेर चाउचाउ फ्राइ गरिएको हुन सक्ने, कच्चा पदार्थ निम्न गुणस्तरको हुन सक्ने प्रतिवेदन दिएका थिए ।

महानगरले गरेको नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा पाइएका थिए ।

बजार व्यवस्थापन तथाअनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा ९१० को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको महानगरपालिकाले जनाएको छ ।