श्री लालिगुँरासलाई समस्याग्रस्त घोषणा गरेकोप्रति बहुदेश्यीय केन्द्रिय सहकारी संघको आपत्ति, निर्णय फिर्ता लिन आग्रह

273

काठमाडौ । श्री लालिगुँरास बहुदेश्यीय सहकारी संघलाई सरकारले जवरजस्त समस्याग्रस्त घोषणा गरेको भन्दै नेपाल बहुदेश्यीय केन्द्रिय सहकारी संघले विरोध जनाएको छ ।

बुधबार संघद्धारा जारी विज्ञप्तिमा भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयद्धारा लालिगुँरासलाई समस्याग्रस्त सहकारी घोषणा गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सो निर्णय फिर्ता लिनको लागि मन्त्रालयलाई आग्रह समेत गरेको छ ।

विगतमा समस्याग्रस्त घोषणा गरिएका सहकारीहरुको समस्या अझै समाधान हुन नसकेको भन्दै संघले संस्था सुधारको लागि आवश्यक निर्देशन समेत नदिई जवर्जस्त रुपमा ६ महिनाको अवधि समेत नदिइ समस्याग्रस्त घोषणा गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै संघले सहकारीविरुद्ध उजुरी गर्ने भन्दा समस्याग्रस्त घोषणा खारेजी गरी पाउँ भनेर निवेदन दिनेको संख्या ३ गुणा बढी हुदा पनि वेवास्ता गरेको आरोप लगाउदै सहकारी विभाग र मन्त्रालयले समस्याग्रस्त घोषणा फिर्ता लिई बचतकर्ताको बचत फिर्ता हुने वातावरण मिलाउन पनि मन्त्रालयलाई आग्रह गरेको छ ।

गत फागुन २९ गते भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी विभागको सिफारिसमा श्री लालिगुँरास बहुदेश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो ।