सरकारको जनतालाई उपहार, प्रतिलिटर चार रुपैयाँले बढ्यो मुल्य

135

काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य चार रुपैयाँले बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढाएर प्रति लिटर १७५ रुपैयाँ पर्ने भएको छ । यो रकम केवल काठमाडौ उपत्यका, पोखरा र दिपायल आसपासका बासिन्दाहरुको लागि हो । तर सुर्खेत र दाङका बासिन्दाले भने १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसामा नै एक लिटर पेट्राले पाउने छन् । सरकारले डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूख्य भने हेरफेर गरेको छैन ।

आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको छ ।

यस्तै एलपी ग्यासमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ । तर अहिले पनि एलपी ग्यासमा २९६ रुपैयाँ १५ पैसा घाटा रहेको भन्दै सञ्चालक समितिले मूल्य हेरफेर नगर्ने निर्णय गरेको हो ।