आठ महिनामा साढे ९ खर्ब रेमिट्यान्स

102

काठमाडौं । चालु आथिक वर्षको ८ महिनाको अवधिमा रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले विहिबार सार्वजनिक गरेको आर्थिक विवरणमा ८ महिनाको अवधिमा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको ८ महिनाको अवधिमा ७ अर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको थियो ।
फागुन महिनामा मात्रै १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ६ हजार ९३२ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ जना र १ लाख ९२ हजार ५५९ रहेको थियो । त्यस्तै समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई १० खर्ब ४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।