अब एक घण्टामा नै श्रम स्वीकृति : मन्त्री अर्याल

54

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले कागजात बुझाएको एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै श्रममन्त्री अर्यालले कार्यालय समयभित्र नै अनलाइनबाट कागजात बुझाएको एक घण्टाभित्र नै श्र्रम स्वीकृति दिने दावी गर्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए ।

उनले भने ‐‘आजदेखि वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको अन्त्य भएको छ ।’
उनका अनुसार अनलाइनबाट सही तरिकाले कागजात पेस गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्नसक्ने अवस्था भएको तर प्रविधिका समस्या,प्रणाली,विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिनसक्ने व्यवस्था गरिएको हो ।

श्रममन्त्री अर्यालले पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति पेण्डिङमा नभएको दाबी गरे । सेवा दिनको लागि सरकारले आवश्यक प्रविधि र सफ्टवयेरमा समेत सुधार गरिरहेको उनले बताए ।

अहिले दैनिक रुपमा दुई सिप्टमा काम भइरहेको छ । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म गरिएको र त्यसलाई पनि बिहान १० देखि ५ बजेसम्म नै गर्ने उनले बताए ।