बैदेशिक लगानीको न्युनतम सिमा ६० प्रतिशतले घट्यो

552

काठमाडौं । सरकारले विदेशी लगानीको न्युनतम सिमा ६० प्रतिशतले घटाएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघिय संसदमा आगामी बर्षको लागि बजेट प्रस्तुत गर्दै २ करोड रुपैयाँ भन्दा माथिका बैदेशिक लगानी नेपालमा भित्रन सक्ने व्यवस्था गरेको जानकारी दिए ।

हाल पाँच करोड भन्दा माथिको बैदेशिक लगानीलाई मात्र सरकारले स्बीकृति दिने व्यवस्था छ । जसका कारण बैदेशिक लगानी कम आएको भन्दै विभिन्न निकायहरुले सो सिमा घटाउन आग्रह गर्दै आएका थिए ।

डलरको संचितिमा कमी भएपनि बैदेशिक लगानीका लागि लगाउदै आएको सिमा कम गर्दा बैदेशिक लगानी बढ्ने र डलरमा देखिएको समस्यामा कमी आउने अर्थशास्त्रीहरुले बताउँदै आएका थिए । अर्थमन्त्री जनार्दन शर्माले १० करोड रुपैयाँ सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था समेत मिलाएको जानकारी दिए ।
उनका अनुसार ठूला लगानीकर्ताले प्रत्यक्ष लगानीको स्वीकृतिको माग गरेमा पूर्व तयारीका काम सम्पन्न गर्ने गरी ७ दिन भित्र प्रारम्भिक स्वीकृति दिइने व्यवस्था पनि गरिएको छ । जसले बैदेशिक लगानीकर्ताहरु सहजता उपलव्ध हुने सरकारको दावी छ ।
लगानी स्वीकृति र उद्योग संचालन सम्बन्धी बाँकी प्रक्रिया ६ महिनामा पुरा गर्ने व्यवस्था मिलाइएको पनि अर्थमन्त्री शर्माले जानकारी दिए ।