शिक्षाको लागि विदेशियो साढे एक खर्ब रुपैयाँ, विदेशमा घुमेरै सके नेपालीले ४४ अर्ब

478

काठमाडौ । गत आर्थिक बर्षमा मात्र नेपालमा बाट विदेशमा पढ्न जानेहरुले एक खर्ब ४२ अर्ब रुपैयाँ विदेशिएको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा ४८.३३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्षमा यस्तो खर्च ६७ अर्ब ७० करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै गत आर्थिक बर्षमा ४४ अर्ब ४ करोड रुपैयाँ घुमेरै सकिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो आर्थिक बर्षमा नेपालबाट विदेशमा घुम्नका लागि भएको खर्च जम्मा २९ अर्ब ९२ करोड रुपैयाँ थियो । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा भ्रमणका लागि भएको खर्च ४७ प्रतिशतले बढी हो ।

यसैगरी नेपालमा भ्रमण गर्नेहरुको खर्च भने बढेको छ । गत आर्थिक बर्षमा नेपालमा भ्रमण आय अन्तर्गत ६१ अर्ब ५२ करोड रुपैयाँ भित्रिएको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा ८९.६ प्रतिशतले बृद्धि हो । अघिल्लो आर्थिक बर्षमा नेपाल भ्रमणका लागि आउनेहरुबाट ३२ अर्ब ४५ करोड रुपैयाँ मात्र भित्रिएको थियो ।