दुई महिनामा नै भित्रियो २ खर्ब २८ अर्ब !

157

काठमाडौ । चालु आर्थिक बर्षको दुई महिनामा नेपाल भित्रने रेमिट्यान्स २२.१ प्रतिशत बृद्धि भई २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेको थियो ।
गत महिनामा एक खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स आप्रबाह भएको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८.३ प्रतिशतले कमी आई ७४,४५५ कायम भएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३ प्रतिशतले कमी आई ३२ हजार ४ जना कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६ प्रतिशतले बढेको थियो ।