खल्ती क्युआरमा अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा

35

काठमाडौं । नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा अब कार्यन्वयनमा आउने भएको छ। यस सँगै खल्तीले फोनपे सँगको सहकार्यमा भारतिय पर्यटकले आफ्नो डिजिटल वालेट प्रयोग गरि नेपाली बजारमा रहेका २० हजार भन्दा बढि खल्ती क्यु आर मा आवद्ध मर्चेन्टहरूलाई डिजिटल भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको छ ।

खल्तीले, नेपालको भुक्तानी नेटवर्क फोनपे र भारतको नेशनल पेमेन्ट कर्पोरेशनसँगको सहकार्यमा, दुई देश (नेपाल–भारत) बीच मोबाइल वालेटको क्यू आर मार्फत भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो । यस सुविधा अन्तर्गत भारतिय पर्यटकले अब फोन पेइ, भिम युपिआइ जस्ता वालेट प्रयोग गरि नेपाली बजारमा कुनै पनि फोनपे अन्तर्गत रहेको खल्ती क्यु आर स्क्यान गर्दै नेपाली बजारमा रहेका मर्चेन्ट व्यवसायीहरुलाई डिजिटल भुक्तानी गर्नसक्ने छन् । भारतिय वालेटबाटै भुक्तानी हुने हुदाँ पर्यटकहरूले साटही र कार्डको झनझटबाट बाट मुक्त भई यो सुविधाको लाभ उठाउन सक्नेछन्। नेपाली साना तथा मझौला मर्चेन्ट व्यवसायीहरुले सजिलै खल्ती क्यू आर मार्फत भारतिय पर्यटकहरूबाट भुक्तानी लिन सक्नेछन् र आफ्नो व्यवसायको आर्थिक पाटोलाई थप सुदृण गर्न सक्नेछन्।

खल्तीले अन्तरदेशीय डिजिटल भुक्तानीको सेवा उपलब्ध गराउन आवश्यक पर्ने आफ्नो सम्पूर्ण पूर्वाधार निर्माण गरिसकेको छ । यो सुविधा तुरुन्तै संचालनमा ल्याउने र आफू सँग जोडिएका सम्पूर्ण मर्चेन्ट व्यवसायीहरूलाई यस सेवा बारे थप तथा अतिरिक्त जानकारी प्रदान गर्ने कुरा खल्तीले बताएको छ । यसैगरी केहि दिनमा नै नेपाली नागरिकले खल्ती वालेटबाट भारतिय बजारमा क्युआर स्क्यान गरि भुक्तानी गर्न व्यवस्था ल्याउने कम्पनीले जानकारी दिएको छ ।

नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधाले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।