पुर्वमुख्यमन्त्री र पुर्वराजदुतले नै तिरेनन् सहकारीको ऋण

149

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको नाममा ऋण तिर्न आउने जरुरी सुचना जारी भएको छ । ललितपुरमा रहेको श्री लालीगुरासँग बहुदेश्यीय सहकारी संस्थाले पाण्डेको नाममा ऋण तिर्न आउने सुचना जारी गर्दै २१ दिने अल्टिमेटम समेत दिएको छ । पाण्डे एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष समेत हुन् भने बहालवाला सांसद समेत रहेका छन् ।

पाण्डे नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाको अध्यक्ष हुदा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण लिएका थिए । सहकारीले जारी गरेको सुचना अनुसार सहकारीबाट लिएको कर्जा २१ दिनभित्र नतिरेको खण्डका पाण्डेको समेत सम्पत्ति लिलामी हुने छ ।

सो सहकारीले नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले सहकारी संस्थाबाट संस्थागत प्रयोजनको लागि लिएको कर्जाको सम्झौताअनुसार बुझाउनु पर्ने साँवा, ब्याज र अन्य दस्तुर नतिरेको भन्दै तत्काल तिर्न २१ दिने सार्वजनिक सूचना निकालेको हो ।

पाण्डेसँगै वंगलादेशका लागि नेपाली पुर्व राजदुत समेत रहेका बंशीधर मिश्रको नाममा समेत कर्जा तिर्न आउने सुचना जारी भएको हो । लालिगुँरासका अनुसार पटक‐ पटक संस्थाले लिएको कर्जा भुक्तानीका लागि मौखिक तथा लिखितरुपमा तर ताकेता गर्दा समेत संस्थाको कर्जा चुक्ता गर्नेतर्फ उनीहरुले कुनै चासो नदेखाएको दावी गरेको छ ।

संस्थाको ऋण लगानी तथा असुली सम्बन्धी विनियमावली संस्थाको विनियम, सहकारी ऐन नियमावली २०७४ तथा नियमावली २०७५ ले दिएको अधिकार प्रयोग गरी ऋणी तथा जमानी तथा सञ्चालक समितिको फोटो सहितको विवरण समेत खुलाई पुनः १५ दिने सूचना प्रकाशित गरी सम्पूर्ण रकम असुल उपर प्रकृया अगाडि बढाइने पनि सहकारीले जनाएको छ ।

संस्थाको अख्तियार प्राप्त तथा संचालक समितिको अध्यक्ष बंशीधर मिश्र, उपाध्यक्षमा चितवनका ६७ बर्षीय जिवन प्रकाश शर्मा, सिन्धुपाल्चोक स्थायी घर भएका नेकपा एसका नेता तथा इन्जिनियर गम्भीरलाल श्रेष्ठ लगायत रहेका छन् । कर्जाको व्यक्तिगत जमानतमा पाण्डे रहेका छन् । पाण्डको साथै राज कुमार अधिकारी, सरला केसी, मेहलता मुडभरी, बंशीधर मिश्र रहेका छन् । मिश्र हाल संस्थाको अध्यक्ष रहेका छन् ।