महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा राष्ट्र बैंकका निर्देशक बर्खास्त

26

काठमाडौ । महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा नेपाल राष्ट्र बैंकका थानेश्वर आचार्यलाई जागिरबाट नै बर्खास्त गरिएको छ ।
उनलाई पुस २७ गते आफ्नै अफिसको वरिष्ठ महिला कर्मचारीमाथि यौन दुव्यवहार गरेको पाइएपछि उनलाई बर्खास्त गरिएको हो ।
२७ गते ति आचार्यले वरिष्ठ कर्मचारीमाथि यौन दुव्र्यवहार गरेपछि डेपुटी गभर्नर बम बहादुर मिश्र र कार्यकारी निर्देशक देव कुमार ढकालले सोही विषयलाई लिएर राजनीति गर्न खोजेका थिए ।
तर उनीहरुले विषय उछाल्दै र गिजोल्दै गएपछि आचार्यको बर्खास्ती नै अन्तिम कारण भएकोले नेपाल राष्ट्र बैंकले बर्खास्त गरेको हो ।
उनलाई बर्खास्त गरेको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डिल्लीराम पोखरेलले बताए ।

राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हो ।
उनले दुव्यवहार गरेको आरोपपछि गठन भएको छानविन समितिले दिएको प्रतिवेदनका आधारमा आचार्यलाई स्पष्टिकरण सोधेको र त्यसको जवाफ चित्त बुझ्दो नभएपछि बर्खास्त गरिएको बताएको छ । निर्देशक आचार्यले पनि आफ्नो फेसवुकमा सवैलाई धन्यवाद दिएर स्ट्याटस लेखेर आफू बर्खास्तीमा परेको पुष्टी गरेका छन् ।