मित्रमिलन सहकारी ठगीमा पक्राउपरेका पुर्व रजिष्टार पराजुली २० लाख धरोटीमा छुटे

48

काठमाडौ । उच्च अदालत पोखराले मित्रमिलन सहकारी ठगी प्रकरणमा थुनामा रहेका गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुलीलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीले गत पुस १७ गतेपराजुलीलाई पुर्पक्षकका लागि थुनामा राख्ने आदेश दिएको थियो । मित्रमिलन सहकारीको क्षेत्राधिकार विस्तारका लागि पराजुलीलाई १ करोड २५ लाख रुपैयाँ घुँस लिएको सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीले बयान दिएपछि उनलाई कुश्मा नगरपालिकाको कार्यकक्षबाटै गत पुस ११ गते पक्राउ गरिएको थियो ।

पक्राउ परेका पराजुली पुर्पक्षका लागि थुनामा पठाएको जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका थिए ।
उच्चका न्यायाधीश राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलाशले पराजुलीलाई २० लाख र सहकारीका लेखा समिति सदस्य जनकराज पौडेललाई ७ लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश गरेको हो ।

मित्रमिलन सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण, कार्यकारी अधिकृत किरणसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार/शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै छन् ।