वि.सं. २०८२ बैशाख १३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सत्तारुढ दलविच सहमति भइसकेको छ,नयाँ गभर्नर चाडै नियुक्त हुन्छः प्रबक्ता गुरुङ

अर्थटुडे
२०८२ बैशाख ३, बुधबार

काठमाडौ । गत चैत २४ गतेदेखि रिक्त रहेको गभर्नरको पद चाडै नियुक्त हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सत्तारुढ दलहरुबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको जानकारी दिए ।

उनले भने, ‘हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच गभर्नर नियुक्ति गर्ने सहमति पनि भएको छ । अब संयन्त्रको बैठक बस्दैछ । उक्त बैठकले नीतिगत मार्गनिर्देशन गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

उनले सत्तारुढ राजनीतिको संयन्त्रको बैठकको मार्गनिर्देशनअनुसार सरकारले निर्णय लिने उनले बताए ।

मुलुकको आर्थिक अवस्था सुधार गर्नुपर्ने भएका कारण गभर्नर नियुक्तिको विषय सबै दलहरुको आ–आफ्नो चासो हुनु अस्वाभाविक नभएको उनको जिकिर छ ।
अहिले पनि निमित्तको भरमा नभइ कार्यवाहक नै दिएर गभर्नरको काम भइरहेको मन्त्री गुरुङको दावी छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ