वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुनको भाउ पुनः बढ्ने संकेत

अर्थटुडे
२०७१ जेष्ठ २५, आईतवार

काठमाडौं । यो साता घटेर एक बर्षको न्युन पुगेको सुनको मुल्य पुन : बढ्ने संकेत देखिएको सुनचाँदी व्यवसायी महासंघले विश्लेषण गरेको छ । महासंघले अन्तर्राष्ट्रिय बजारका आधारमा दैनिक नेपालको मूल्य तोक्ने गरेको छ ।
शनिबार महासंघले जारी गरेको विश्लेषणमा युरोपेली युनियनले हालै सार्वजनिक गरेको नयाँ मौद्रीक नीतिका कारण सुनको भाउ पुनः बढ्ने संकेत देखिएको बताएको छ । “मौद्रिक नीतिले निक्षेपको व्याजदरलाई शुन्य भन्दा तल झारेपछि बैकको तरलता घट्ने र बजारको मुद्रा प्रवाह बढ्ने भएकाले सुनचाँदीको मुल्य पुन : बढ्न सक्छ” विश्लेषणमा भनिएको छ । यसैगरी यो हप्ता प्रकाशित अमेरिकी आथिर्क सुचकांकले बेरोजगारको संख्या बढेको देखिएपछि यसले सुन र चाँदीको मूल्य बढाउन सघाउने विश्वास गरिएको छ ।

विश्वको दोस्रो ठुलो सुनको उपभोक्ता बजार भारतमा सुन आयात नीतिमा गरिएको कडापन क्रमश: खुकुलो गरेपछि पनि सुनको क्षेत्रीय मागमा सुधार हुने संकेतले सुनको मुल्य बढ्ने महासंघले जनाएको छ । महासंघले अघिल्लो साता सुन ४८ हजार रुपैयाँसम्म झर्ने प्रक्षेपण गरेको थियो ।
अन्तर्राष्ट्रिय क्षेत्रमा कमोडिटी बजारमार्फत सुनको कारोबार हुने भएकाले स–सानो घटनाको कारण पनि सुनको भाउमा तिव्र उतारचढाव आउने गरेको छ । यो साताको अन्त्यमा पनि सुनको भाउ सामान्य उकालो लागेको छ । साताको मध्यमा सुन एक वर्षयताकै सस्तो भई प्रतितोला ५१ हजार रुपैयाँ कायम रहेकोमा शुक्रबार बढेर ५१ हजार ३ सय रुपैंया पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ